Bisal Chautari Logo

भ्यालेन्टाइन डेमा सिद्धार्थ र मालाको ‘वन वे’ अल नेपाल

- १ फाल्गुन २०७१, शुक्रबार ०६:०० मा प्रकाशित


siddharth gurung and mala limbu valentine day movie One Way
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन १, शुक्रबार । ‘भ्यालेन्टाइन डे’ अर्थात ‘प्रेम दिवस’ फेबु्रअरी १४ तारिक । सोही भ्यालेन्टाइन डे को अवसर पारेर सिद्र्धार्थ गुरुङ र माला सुब्बाद्धारा अभिनित चलचित्र ‘वन वे’ आजबाट अल नेपाल रिलिज भइरहेको छ । चलचित्र ‘वन वे’ काठमाडौ उपत्यका भित्र मल्टिप्लेक्स हलहरु गरी २० हल र उपत्यका बाहिर ५० वटा हलमा एकसाथ रिलिज भइरहेको छ ।

siddharth gurung and mala limbu valentine day movie One Way
निर्माता संघका अध्यक्ष राजकुमार राईको चलचित्र ‘वान वे’ आरसी पिक्चर्सको ब्यानरमा बनेको हो । डनका रुपमा परिचित रहेका दिपक मनाङे यही चलचित्र ‘वन वे’बाट निर्माताको रुपमा नेपाली सिनेमा क्षेत्रमा भित्रिएका छन् । चलचित्रमा दिपक मनाङेका छोरा सिद्धार्थ गुरुङ र माला सुब्बा नवजोडीका रुपमा देखिएका छन् ।
सफल निर्देशकको ट्याग भिरिसकेका सुरज सुब्बा नाल्बोले निर्देशन गरेका चलचित्रले बाबु आमा नमिल्दा छोरा छोरी गलत बाटोमा लाग्छन् भन्ने कुरालाई यो चलचित्रले सामाजिक सन्देश दिन खोजेको छ ।
च्लचित्रमा सिद्धार्थ र मालाको साथमा सदाबहार नायिका करिष्मा मानन्धर, रविन तामाङ, विल्सनविक्रम राई, भानु प्रताप र प्रकाश ओझाको पनि चलचित्रमा मुख्य अभिनय रहेको छ ।

Film : One Way
Genre : Drama
Director : Suraj Subba “Nalbo”
Producer : Rajiv Gurung (Dipak), Chhiuda Rai
Cast: Rabin Tamang, Siddhartha Gurung, Mala Subba,Wilson Bikram Rai, Karishma Manandhar
Release Date : 2/13/2015
Length : 127 Min
Storyline : The movie is a story about a gangster. It is all about the generation gap between the parents and their children. It also revolves around the night life specially in clubs of Kathmandu. Once again the rock icon of Nepal, Robin Tamang can be seen in a lead role, after his previous Nepali movie “Chadke”.

प्रतिक्रिया