Bisal Chautari Logo

विश्वकै होचा ब्यक्तिमा अर्का नेपाली ७३ वर्षीय ‘नाउ’ गिनिजबुकको दौडमा (फोटोफिचर)

- १५ आश्विन २०७०, मंगलवार ०७:०२ मा प्रकाशित


१५ असोज, काठमाण्डौ । विश्वकै होचा व्यक्तिका रुपमा खगेन्द्र थापामगर र चन्द्रबहादुर डाँगीले गिनिज बुकमा नाम लेखाएपछि अर्का होचा नेपालीले पनि विश्वकै होचा ब्यक्तिमा नाम लेखाउने तरखर गरिरहेका छन् ।होचा व्यक्ति मास्टर नाउको नाम नेपाली सञ्चारमाध्यममा आउन थालेको दुई साता मात्र भएको छ । भैरहवाका नाउ, जो उमेरले ७३ बर्ष पुगिसके, उनी यतिखेर गिनिज बुकमा नाम लेखाउने धाउन्नमा छन् । सेन्टिमिटर अग्ला नाउ हिँडडुल गर्न सक्दैनन् । गिनिज बुकले हिँडडुल गर्न सक्ने र नसक्ने गरी दुई शीर्षकमा सूचीकरण गर्छ । मास्टर नाउ अहिले ‘विश्वकै अशक्त होचा ब्यक्ति’को सूचीमा नाम लेखाउने तयारीमा छन् । त्यस्तो टाइटल हाल ताइवानी नागरिकसँग छ, जो ६८ सेन्टिमिटर अग्ला छन् ।हिडडुल गर्न सक्ने होंचा ब्यक्तिका रुपमा नेपालकै ७४ बषिर्य चन्द्रबहादुर डाँगी सूचीकृत छन् । त्यसअघि नेपालकै खगेन्द्र थापामगरले त्यो उपाधि पाएका थिए । ‘गिनिज कुकका अधिकारीहरुले मास्टर नाउ सो उपाधिका लागि छानिनसक्ने जनाउ दिइसकेका छन् ।’ गिनिजबुक अधिकारीहरुसँग छलफल गरिरहेको थानेश्वर गुरागाईंले भने । मास्टर नाउ भैरहवामा आफ्ना कान्छा भाइको परिवारसँग बसिरहेका छन् । नाउ अहिले पनि नेपाली तथा हिन्दी गीत सुन्न र घुम्न रुचाउँछन । उनको त्यही रुचीका कारण परिवारका सदस्यले रिक्सा भाडामा लिएर उनलाई बेलाबेला बजार घुमाउन लैजान्छन् । उनलाई देख्नेबित्तिकै मानिसको भीड लाग्ने गर्छ ।हालै उनले नेपाली संचारकर्मीसँग हातमा घडी बाँध्ने र हवाईजहाज चढ्ने सपना रहेको बताएका थिए । त्यसपछि नेपालको आन्तरिक बायुसेवा कम्पनी यति एयरले उनलाई हवाई यात्रा गराउँदै घडी उपहार पनि दिएको थियो । त्यसयता उनी नेपाली संचारमाध्यममा छाउन थालेका छन भने गिनिज बुकको दावीसँगै बिदेशी संचारमाध्यममा पनि उनको चर्चा चुलिएको छ । अनलाईन खबर र एएफपिको सहयोगमा 

प्रतिक्रिया