Bisal Chautari Logo

पुर्व मिस नेपाल मलिना जोशी अष्ट्रेलियामा के गर्दैछिन्

- २९ माघ २०७१, बिहीबार ०४:२४ मा प्रकाशित


Former Miss Nepal Malina Joshi The winner movie in Australia
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ २९, बिहिबार । संगठीत अपराधले दुई देशको बिचमा पार्ने प्रभाव र त्यसले निम्त्याउने समस्याका बिषय कथाको रुपमा उठाएको चलचित्र द वीनर’को छायांकन अब अष्ट्रेलियामा हुने भएको छ । केही महिना अगाडीसुरु भएको यो चलचित्र काठमाडौ र भारतको राजस्थानपछि बाकी छायांकन सकाउन अष्ट्रेलिया जान लागेको हो ।

Former Miss Nepal Malina Joshi The winner movie in Australia (1)
चलचित्रको अहिले साठी प्रतिसत छायांकन सकिएको र बाकी चालिस प्रतिसत काम सकाउन अष्ट्रेलिया जाने तयारी भइरहेको निर्देशक हिक्मत बिष्टले बताए । चलचित्रको कथा नै रिच भएकोले लोकसन पनि त्यस्तै दिन अष्ट्रेलिया जान लागिएको हो’ निर्देशक बिष्टले भने कुनै कम्परमाइज नगरी चलचित्र पुरा गर्ने सोचमा पुरै टिम लागेका छौ ।’ अष्ट्रेलियामा चलचित्रको एक गीतकासाथै चालिस प्रतिसत सिनको पनि छायांकन गरिने निर्देशक बिष्टले सुनाए । निर्देशक बिष्टको यो डेब्यु चलचित्र हो ।

Former Miss Nepal Malina Joshi The winner movie in Australia (2)
महेश मान श्रेष्ठ, मन्चिन शाक्य, पुर्व मिस नेपाल मलिना जोसी, राजकुमार पन्त, रोयल मास्के, उत्तम बिष्ट,रमेश गुरुङ, एलेक्स खड्का ,अमित गिरीलगायतको अभिनय चलचित्रमा रहने भएको छ । मलिना बाहेक अन्य कलाकार नयाँ भएपनि सबै मोडलिङ क्षेत्रका चर्चीत ब्यक्ती भएको निर्माण पक्षले जानकारी गराएको छ । चलचित्र रितेश राणा ,राजेश जोसी र सुबोध ठकुरीले मिलेर बनाउन लागेका हुन् । तिन गीत रहने चलचित्रको एक गीत भारतको राजस्थान र अर्काे गीत नेपालमै छायांकन भइसकेको छ । सोल्टी होटल, गोकण रिसोर्ट, सिभील महललगायत नेपालका अधिकाम्स रिच (महँगा) मानिने लोकेशनमा छायांकन भएको यो चलचित्रमा हिमाल केसीको द्वन्द्व रहने छ । डाइमन स्टार फिल्मस् प्रालिको ब्यानरमा बन्न लागेको द वीनरमा कबिराज गहतराजको नृत्य, पुरुषोतम प्रधानको छायांकान समेटिनेछ । चलचित्रका गीत अमित श्रेष्ठको संगीतमा तयार भएका छन् ।
एक्सन र थ्रिलर एकसाथ उठाएको चलचित्र मनोरञ्जनात्क प्याकेजका रुपमा निर्माण गरिन लागिएको हो । एक महिनाको वर्कसप सहित छायांकनमा सुरु भएको ‘द वीनर’आफुुले सोचे भन्दा पनि राम्रो भइरहेको निर्माता रितेश राणाले बताए । ‘मलाई धेरै कलाकार नयाँ भएकोले चलचित्र कस्तो होला भन्ने डर थियो’ राणाले भने ‘तर अहिलेसम्म सकिएको छायांकनबाट ढुक्क हुने बाताबरण बनेको छ ।’ बाँकी छायांकन पनि राम्रो बनाउने तयारीमा आफुु लागेको उनले खुलाए ।
करिब एक करोड निर्माण लागत छुट्याइएको यो चलचित्रको कलाकारका लागी ड्रेस प्रोफेसनल डिजाइनर निसु कडेल र टासी डोल्मा शेर्पाले तयार पारेका हुन् । चलचित्र आगामी जेठमा प्रर्दशमा ल्याइने लक्ष्य निर्माण पक्षको छ ।

प्रतिक्रिया