Bisal Chautari Logo

संजय दत्तलाई जेलबाट १४ दिन उपचारका लागि छुट्टि, देश बाहिर जान रोक

- १५ आश्विन २०७०, मंगलवार १६:३८ मा प्रकाशित


बलिउड अभिनेता संजय दत्त यतिबेला जेलको सजाय काटिरहेका छन् । उनलाई महाराष्ट्रको यरवडा जेलमा राखिएको छ । जेलमा रहेका संजयले प्रशासनसँग आफ्नो स्वास्थ्य अवस्था खराब भएको बताउँदै आएका थिए । उनको पैतालामा समस्या देखिएको छ । जेल प्रशासनले संजयको मागलाई माथिल्लो स्तरमा पुर्‍याएको थियो ।संजयको मागमा सुनुवाई गर्दै उनलाई १४ दिनको जमानत दिइएको छ । संजय १४ दिनको जमानत पाउने वित्तिकै सबैभन्दा पहिला आफ्नो घरमा पुगेका छन् । संजय आफ्नो समय घरपरिवारसँग बिताउन चाहन्छन् । उनलाई आफू बसेको राज्य र देशबाट बाहिर जान भने रोक लगाइएको छ । उनी अब आफ्नो उपचार सुरु गर्दैछन् । उनी अस्पतालमा भर्ना नभएको खण्डमा दैनिक प्रहरी समक्ष पुग्नु पर्ने हुन्छ । उनी १४ दिन जेल बाहिर आएकाले पनि उनको परिवार निक्कै खुशी छ । संजयकी पत्नी मान्यताले उनको लागि विशेष खानेकुराहरुको व्यवस्था गरेकी छिन् । संजयलाई साढे ३ बर्षको जेल सजाय सुनाइएको थियो ।

प्रतिक्रिया