Bisal Chautari Logo

अच्चम्म नमान्नुस् :– जेलभित्र साच्चिकै सुन्दरी प्रतियोगिता (फोटोफिचर सहित)

- १७ आश्विन २०७०, बिहीबार ०४:४० मा प्रकाशित


कोलम्बियाको बोगोटास्थित एक जेलमा सुन्दरी प्रतियोगिता भएको छ । बोगोटाको बुएन पास्टर जेलमा विभिन्न अपराधमा थुनिएका कैदी बन्दी महिलाहरुबीच सुन्दरी प्रतियोगिता भएको हो । प्रतियोगिता तरुनी युवती देखि लिएर ६० पुग्न आँटेका महिलाहरु समेत सहभागि भए ।२ हजार २ सय २२ जना महिला कैदी रहेको उक्त जेलले १८ वर्षदेखि वर्षेनी यस्तो प्रतियोगिता गर्दै आएको छ । यो पटकको जेल सुन्दरी प्रतियोगिताको निर्णायक मण्डलमा नाम चलेका टेलिभिजन तथा संगित क्षेत्रका सेलिब्रेटीहरु थिए ।  सुन्दरी प्रतियोगितामा भाग लिएका मध्ये धेरै युवतीहरु लागु औषधको ओसारपसारको मुद्धा लागेका छन् । यो पटकको जेल सुन्दरी प्रतियोगिता ग्लोरिया गोमेजले जितिन् ।

प्रतिक्रिया