Bisal Chautari Logo

नाइजेरियामा विष्फोटन हुदा ११८ जनाको मृत्यु, मृतक संख्या बढ्न सक्ने

- ७ जेष्ठ २०७१, बुधबार ०४:४२ मा प्रकाशित


Nigeria bombings: ‘Death toll passes 118’
एजेन्सी
नाइजेरिया २०७१, जेठ ७, बुधवार । नाइजेरियाको जोस शहरमा भएका दुईवटा बम विष्फोटनमा मारिनेहरुको संख्या अझै बढ्न सक्ने त्यहाँका अधिकारीहरुले जनाएका छन् । ती हमलामा मारिनेहरुको संख्या ११८ पुगेको छ । अधिकारीहरुले बम विष्फोटनमा भत्तिएका घरका भग्नावशेषमा अरु मानिस पुरिएको हुनसक्ने आशंका गरेका छन् ।
राष्ट्रिय आपतकाल व्यवस्थापन निकायका संयोजक मोहमद अब्दुल सलेमले भने, ‘हामीले सबै भग्नावशेषमा खोज्न भ्याएका छैनौ, त्यसैले मारिनेहरुको संख्या थप बढ्न सक्छ ।’
एउटा भ्यानभित्र लुकाइएको पहिलो बम एउटा व्यस्त बजारमा विष्फोट भएको थियो, जहाँ अधिकांश मानिस कामको खोजीमा सडकमा भेला भएका थिए । त्यहाँ मारिने धेरै महिलाहरु रहेको क्षेत्रीय गभर्नरको कार्यालयले जनाएको छ । राजधानी अबुजास्थित बीबीसीका सम्बाददाता विल रोसका अनुसार बिष्फोटनमा परेकाहरुलाई अस्पताल लगिँदै गर्दा अस्पताल नजिकै अर्को विष्फोटन भएको थियो । करिव ३० मिनेटपछि भएको दोस्रो विष्फोटनमा उद्धारकर्ताहरु पनि मारिएका बताइएको छ । राष्ट्रपति गुडलक जनाथनले घट्नाको निन्दा गर्दै आतंकवादसँग लड्न आफू प्रतिवद्ध रहेको बताएका छन् ।
हामीले सबै भग्नावशेषमा खोज्न भ्याएका छैनौ, त्यसैले मारिनेहरुको संख्या थप बढ्न सक्छ
मोहम्मद अब्लु सलेम, संयोजक, राष्ट्रिय आपतकालीन व्यवस्थापन संस्था
अपिल
स्थानीय पत्रकार हसन इब्राहिमले जनाए अनुसार घट्ना भएको शहरका केही बाटो आक्रोशित युवाहरुले अवरुद्ध गरेका छन् र, त्यहाँ तनाव बढिरहेको छ । 
व्यवस्थापन संस्था
धामिर्क नेताहरुले भने शान्ति कामय राख्न अपिल गरेका छन् । 
हमलाको जिम्मेवारी कसैले लिएको छैन । तर यसअघि जोस शहरलाई इश्लामवादी उग्रवादी समूह बोको हरामले निशाना बनाएको थियो । पाँच हप्ताअघि त्यही संगठनले दुई सयभन्दा बढी स्कूले छात्राहरुलाई अपहरण गरेको हो ।
त्यहाँ दश वर्षअघिदेखि हिंसात्मक घट्नाहरु भइरहेका छन् । यसअघि हमलाका निशाना अलग–अलग धर्म मान्ने मानिसहरुलाई बनाइन्थ्यो । दुई वर्षअघि कयौं गिरिजाघरहरुमा बम हानिएको थियो । तर पछिल्लो हमलामा मारिनेहरु भने कुनैं एक धर्म विशेष मान्नेहरु छैनन् । जोस शहरमा मुसलमान र इसाईहरुबीच पनि हालैका वर्षहरुमा हिंसात्मक झडपहरु भएका थिए । सम्वाददाताहरुका अनुसार कतिपय हिंसात्मक घट्नाका पछाडि जग्गा र साधन–स्रोतमाथि कब्जा गर्ने उदेश्य लुकेको हुन्थ्यो । बीबीसी साभार

ad

प्रतिक्रिया