Bisal Chautari Logo

रेखाले जन्मदिनको अवसरमा ‘सिमसिमे पानी’ भिडियो सार्वजनिक गरिन् (फोटो फिचर सहित)

- २५ माघ २०७१, आईतवार ०६:१० मा प्रकाशित


rekha shah song simsime panima song video release
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, माघ २५, आइतबार । गायिका रेखा शाह र ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्ला कि जिन्दगानीमा’ बोलको गीत दुबै सदावहार हुन्, नेपाली साङगीतिक क्षेत्रका लागी ।

rekha shah song simsime panima song video release (1)
अहिलेसम्म अडियोमा मात्रै सिमित रहेको यस गीतलाई उनले रि–रेकर्ड गरेर म्युजिक भिडियोसहित हिजो आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै बजारमा ल्याएकी हुन् । गीतलाई साप्ताहिकका सम्पादक सुवास ढकालले सार्वजनिक गरे ।rekha shah song simsime panima song video release (7)
गायिका रेखाले १५ वर्षको उमेरमा पहिलो गीत गाएकी थिइन्, यही ‘सिमसिमे पानीमा बोलको गीत । रेडियो नेपालले २०४९ मा गरेको देशव्यापी लोक गीत प्रतियोगीतामा रेखा शाहलाई यही गीतले प्रथम स्थान दिलाएको थियो । आफ्नै शब्द र लय रहेको यही गीतबाट उनी चर्चामा आए । दुई दशकको संगीत यात्रामा आइपुग्दा उनले थुप्रै एल्बम निकालिन्, तर ‘सिमसिमे पानी’को चर्चा र गुञ्जनमा कहिल्यै कमी आएको छैन ।rekha shah song simsime panima song video release (8)
सार्वजनिक भएको म्युजिक भिडियोका बारेमा समिक्षा गर्दै संगीतकार बुलु मुकारुङले रेखाको स्वर नेपालका थोरै प्रतिभाशाली गायिकामा पाउनेमध्ये एक रहेको दाबी गरे । ‘लोक, पप, आधुनिक लगायत जुनसुकै विधामा पनि रेखाले खुलेर गाउन सक्ने भएकाले भर्सटाइल गायिकाको रुपमा हुनुहुन्छ’, संगीतकार बुलुले भने ।
त्यस्तै गायिका रेखा शाहले सार्वजनिक भिडियोका बारेमा प्रकाश पार्दै नया पुस्ते” शैलीको स्वाद रि–रेकर्डेड सिर्जनामा समेटेको बताइन् । उनले एरेन्जमेन्ट उही भए पनि रिदमको बेस बढाइएको र ढोलक, ड्रम सेटमा मादलको फ्युजन गरिएको सुनाइन् ।
सार्वजनिक म्युजिक भिडियोमा रेखा र अमीर शेखले अभिनय गरेका छन् । नीतिन चन्दको निर्देशन, छायांकन र सम्पादन गरेका हुन् । म्युजिक भिडियोको कोरियोग्राफी रिनेशा बान्तावा राईले गरेकी हुन् । थुपै एल्बम बजारमा ल्याइसकेकी गायिका रेखाले छिट्टै लोक गीत कलेक्सन निकाल्ने योजनामा रहेको बताइन् ।

गायिका रेखा शाहको जन्मदिन मनाउन अभिनेत्री छुल्टिम गुरुङ, रिमा विश्वकर्मा, कोरियोग्राफर रिनेशा बान्तावा राई, जयन सुब्बा मानन्धर लगायत पुगेका थिए ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8300,8303,8301,8299,8298,8302,8294″]

प्रतिक्रिया