Bisal Chautari Logo

प्रसंग ‘दर्शन नमस्ते २’ : अविवाहित राजेशपायलले १७ औ सन्तान जन्माए (फोटो फिचर)

- १७ आश्विन २०७०, बिहीबार १६:०७ मा प्रकाशित


१७ असोज, काठमाडौ । चर्चित गायक राजेश पायल राई अहिले सम्म अविवाहित नै रहेका छन् । तरपनि उनले आजबाट १७ औ सन्तान जन्माएका छन् । गित संगितलाई आफ्नो सन्तान मान्ने गायक राजेश पायल राईले ‘दर्शन नमस्ते’को अपार सफल्तापछि आफ्नो १७ औं सोलो एल्बम ‘दर्शन नमस्ते २’ बजारमा ल्याएका छन् । एल्बमको बानेश्वर स्थित एभरेष्ट होटल काठमाडौमा आयोजना गरिएको एक कार्यक्रममा महा अभिनेता राजेश हमालले बिमोचन गरेका छन् ।कार्यक्रममा गायक राइले एल्बममा समावेश विभिन्न गीतहरु प्रत्यक्ष गाएर सुनाएका थिए । कार्यक्रममा एल्बममा समावेश ‘छैन तिमी बाहेक’ बोलको गीतको म्यूजिक भिडियो पनि प्रस्तुत गरिएको थियो । भिडियोलाई मिलन चाम्सले सम्पादन तथा निर्देशन गरेका हुन् भने हेमा श्रेष्ठ र राजेश पायल राइले अभिनय गरेको हुन् ।‘दर्शन नमस्ते २’ एल्बममा ११ वटा गीत समावेश गरिएको छ । जसमा राजेन्द्र थापा, अनिल स्थापित, सुरेश अधिकारी, नवराज लम्साल, नरेश भट्टराई, भुपेन्द्र खड्का, कुमार विवाहित, पदम किरातीको शब्द समावेश छ । यस्तै एल्बममा समावेश गीतमा महेश खड्का, कल्याण सिंह, सुरेश अधिकारी, महेश खड्का, बसन्त सापकोटा, राई नविन, सन्तोष राज र बिनोद खम्बुको संगीत छ ।पछिल्लो समयमा गायक राइले स्टेजमा गीत गाउदा शब्द बिर्सने गरेका छन् । आफ्नै एल्बमको गीत गाउदा पनि राइले पटक पटक शब्द बिसिर्एका थिए । यस बिषयमा जवाफ दिदै राइले भने, ‘धेरै गाएपछि आफैले गाएको गीत पनि बिर्सन थालेको छु ।’

प्रतिक्रिया