Bisal Chautari Logo

मुनाल घिमिरे भन्छन् ‘इच्छाुको रिलिज मिति सर्दा झन् फाईदा’

- २२ माघ २०७१, बिहीबार ०७:२४ मा प्रकाशित


ichha nepali movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, माघ २२ बिहिबार । रिलिज मिति सरेर माघ २ बाट नेपाली फाल्गुण आठमा पुगेको चलचित्र इच्छाका निर्देशक मुनाल घिमिरेले रिलिज मिति सर्दा झन् फाईदा भएको बताएका छन् । संविधान जारी हुने दिन नजिकिँदै गर्दा बन्द र हडतालको चपेटामा परेको इच्छाुको अब रिलिज हुने मिति सबै किसिमबाट उत्तम रहेको उनले बताएका छन् ।

ichha nepali movie
मुनाल भन्छन्, मिति सर्दा चलचित्रलाई झन् फाईदा भएको छ । बन्दले तनाव दिएको थियो । जाडो पनि धेरै नै थियो, जसका कारण बिहान र बेलुकाका शोहरुमा दर्शक आउन गाह्रो थियो । अहिले बन्द पनि छैन, जाडो पनि घटिसक्छु । चलचित्रको राम्रो को लागी नै माघ २ को रिलिजको बेला विविध अप्ठ्याराहरुले घेरेको आफुले महशुस गरेको उनले बताए ।
चलचित्रको प्रचार(प्रसारको अन्तिम चरणमा आएर रिलिज रोकिएको थियो । मुनालले प्रचार(प्रसारमा पनि बढि समय पाएको बताए । मिडियामा एक हिसाबको प्रचार(प्रसार भएकै छ । अब देश दौडाहामा लाग्छौँ घिमिरेले बताए ।
त्यस्तै चलचित्रका निर्माता प्रकाश घिमिरेले आफुलाई माघको रिलिजबाट जति आशा थियो त्यो भन्दा बढि अहिले आशा रहेको उल्लेख गरे । पहिलेको भन्दा अहिलेको रिलिज मिति उत्तम हुनुले नै आशा बढाएको इच्छाुका निर्माता घिमिरेले बताए ।
चलचित्र इच्छामा दयाहाङ् राई, सुवास थापा, शिखा शाहि लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया