Bisal Chautari Logo

विश्वका एकमात्र मानिस जो आँखाले चित्र कोर्छन् (फोटोफिचर सहित)

- १८ आश्विन २०७०, शुक्रबार १७:०८ मा प्रकाशित


विश्वमा एक जना व्यक्तिले आँखाबाट दुध फ्याँकेर विश्व कितिर्मान बनाएको समाचार त तपाई हामीले सुनेकै हौँ । तर अर्जेन्टिनाका एक जना युवकले भने आँखाबाट रङ फ्याँकेर क्यानभासमा चित्र तयार पारी सबैलाई अचम्मित बनाइदिएका छन् ।२७ वर्षका लियन्ड्रो ग्रानाटोले डेढ पिन्ट रङ आँखाबाट फ्याँकेर क्यानभासमा अमूर्त चित्र बनाए । नाकबाट सनक्क रङ घोलिएको पानी तानेर उनले आँखाबाट तुर्को फ्याले । उनले यसरी एउटा चित्र बनाउन १० मिनेटदेखि महिनौ सम्म लगाएका छन् र एउटा चित्रको अढाइ लाख रुपैयाँ सम्म कमाउने गरेका छन् ।नाकबाट पानी तानेर आँखाबाट फ्याँक्ने काम उनले सानैदेखि नै गर्थे । आफ्नो त्यो विचित्र क्षमतालाई उनले अन्तत: कलाकारितामा ढाले र विश्वचचिर्त बन्दै गएका छन् । आफु बच्चै छँदा नै नाक र आँखाबीच विशेष सम्बन्ध रहेको कुरा आफुले थाहा पाएको र त्यसपछि आफुले आँखाबाट हावा र पानी फ्याँक्ने प्रयास गरी सफल पनि भएको उनको अनुभव छ ।  उनले त्यसपछि आफ्नो त्यो क्षमतालाई आफ्नो परिवारको जिविकोपार्जनका लागि उपयोग गर्ने निधो गरे । उनले आँखामा क्षति नपुग्ने गरी चित्र बनाउने २ वर्षसम्म विशेष तालिम पनि लिए । आफु यसरी आँखाले चित्र कोर्ने विश्वको पहिलो व्यक्ति भएको उनको दाबी छ । आफ्नी हजुरआमा क्यान्सरले मरेपछि उनले आँखाले चित्र बनाउन सुरु गरेको समाचार स्रोतले बताएको छ । एजेन्सिको सहयोगमा 

प्रतिक्रिया