Bisal Chautari Logo

मिलनको निर्देशन र रेनाशाको कथामा ‘ह्याप्पी डेज’ डेढ करोडमा बन्दै

- २० माघ २०७१, मंगलवार १५:३४ मा प्रकाशित


milan chams the direction and renasha bantawa rai story ‘Happy Days’ becoming in one and a half million
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ २०, मंगलबार । चलचित्र ‘हसिया’बाट चर्चासंगै सफल निर्देशकको ट्याग पाएका निर्देशक मिलन चाम्सले ‘ह्याप्पी डेज’ चलचित्र बन्ने निर्देशन गर्ने भएका छन् ।

milan chams the direction and renasha bantawa rai story 'Happy Days'
राजेन्द्र भट्टको निर्माणमा तयार हुन लागेको चलचित्रलाई चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गर्न लागिएको हो, भने र चर्चित कोरियोग्राफर रेनाशा वान्तावा राईको कथा रहेको छ । चलचित्रमा पटकथा तथा संवाद गणेश देव पाण्डेको रहनेछ ।
च्लचित्र निर्माणको विषयमा कुराकानि गर्दै निर्देशक मिलनले सिनेमा १ करोड ७० लाखको हाराहारीमा बन्ने विशाल चौतारी डटकमलाई जानकारी दिए । यो चलचित्रको छायांकन बेलायत, स्कटल्याण्ड र वेल्जियममा हुने पक्का भएको निर्देशक चाम्सले बताएका छन् । चलचित्रमा मल्टी स्टारर कलाकार राख्ने तयारी यसको निर्माणपक्षले दिएको छ ।
कलाकार तथा प्राविधिक नेपालबाटै लगेर छायांकन गर्ने तयारी गरिएको छ । साथमा चलचित्रमा हलिउडका अनुभवी प्राविधिकहरुले पनि काम गर्ने निर्देशक चाम्सले जानकारी दिएका छन् । प्रेम, एक्सन र कमेडीको फुल मसला रहने चलचित्र ‘ह्याप्पी डेज’को छायांकन ४ जुनबाट सुरु गर्ने तयारी समेत गरिएको छ ।

प्रतिक्रिया