Bisal Chautari Logo

अभिनेता श्याम अर्याल अब निर्माता

- १९ माघ २०७१, सोमबार १५:३७ मा प्रकाशित


Shyam Aryal now producer movie
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई 
काठमाडौ, २०७१, माघ १९, सोमबार । अभिनेता तथा लामो समयदेखी सञ्चारकर्मीको रुपमा काम गरिरहेका श्याम अर्याल अब निर्माता समेत बन्ने भएका छन् । यस अघि द युग देखि युग सम्म, आइ एम सरि, र प्रोड्युसर चलचित्रमा मुख्य अभिनेता बनेका श्यामको प्रोडक्सन कम्पनि मिजल पिक्चर प्रोडक्सनबाट दुइ चलचित्र बन्ने भएका छन् ।

Shyam Aryal now producer movie
पहिलो चलचित्रलाई अनुप गिरिले निर्देशन गर्नेछन भने यसमा सोसल ड्रामा देखाइने छ । श्याम भन्छन यसै क्षेत्रमा यत्रो समय बिताइयो । अब चलचित्र बितरणसंगै निर्माण गर्ने सोचका साथ् आउदैछौ । रतन थापा निर्मात तथा आफै प्रस्तुतकर्ता भएता पनि उनि चलचित्रमा भने खेल्ने छैनन् । आफु सुहाउदो पात्र नभएका कारण म सिनेमामा भने खेल्दिन श्यामले चलचित्रमा अभिनय नगर्ने कारणलाई केहि खुलाए । चलचित्र चैत्रबाट फ्लोर जाने बताइएको छ । यसका साथै यस मिजल पिक्चर्सले गल्फ कन्ट्रीमा फिल्म पनि बितरण गर्नेछ । पहिलो चरणमा कोहिनुर , नोभेम्बर रेन र स्टुपिड मन बितरण गर्ने सोचमा रहेको श्यामले बताए । पहिलो चरणमा यी तिन फिल्म प्रदर्शन गर्दै छौ त्यस पश्चात नेपाल रिलिज संगै नियमित रिलिज गर्ने प्रक्रिया मिलाउदै छौ श्यामले गल्फ कन्ट्रीमा फिल्म बितरण बारे खुलाए । नेपालमा ऐतिहासिक रेकर्ड राख्न सफल स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ द्वारा अभिनित अन्तिम फिल्म कोहिनुर को प्रदर्शन फेब्रुअरी को १३ तारिखमा दुबईमा हुनेछ । श्याम भन्छन हामीले यी हलमै अरबि भाषामा सब टाइटल गरि फिल्म प्रदर्शन गर्ने प्रक्रियामा छौ साथै नेपाली फिल्म छायांकनको लागि त्याहा पुग्नेलाई पनि प्रक्रिया मिलाउने छौ । उचित ब्यबस्था नहुदा फिल्महरु दुबईमा छायांकनको लागि नपुगेको ठम्याई उनको छ । दुबईसंगै जापान , अष्ट्रेलिया , कतार , हङकङ लगायतका देशमा फिल्म प्रदर्शन गर्ने मिजल पिक्चर्सले यी देशमा कन्सर्ट पनि गर्नेछ ।

प्रतिक्रिया