Bisal Chautari Logo

कलाकार संघका अध्यक्ष खड्काले भने– राजनितिक पार्टिहरुले कलाकारलाई खेलौना बनाए

- १९ आश्विन २०७०, शनिबार १२:४६ मा प्रकाशित


१९ असोज, काठमाडौ । चलचित्र कलाकार संघले विजयादशमीको अवसरमा चियापान कार्यक्रममा आयोजना आज शनिवार गरेको थियो । संघको कार्यलय अनामनगरमा आयाजित चियापान कार्यक्रममा कलाकार संघका अध्यक्ष नवल खड्काले कलाकारहरुलाई राजनितिक दलहरुले खेलौना बनाएको आरोप लगाए ।अभिनेता भूवन केसी र अभिनेत्री रेखा थापालाई टिकट दिएर पनि फिर्ता गर्ने किसिमका खेलले कलाकारहरुको इज्जतमाथि दाग लागेको कारण कलाकारहरु आक्रोशित भएका हुन् । संघका अध्यक्ष खड्काले कलाकारलाई झुक्याउने राजनीतिक पार्टीले राष्ट्रका सम्पत्ती कलाकारबाटै ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिदै भने, ‘एउटा माघले जाडो जादैन, कलाकारलाई राजनीतिको खेलमा पंगु नबनाउनुहोस्’ । चियापान कार्यक्रममा चलचित्र संघका सदश्य तथा केहि कलाकार मात्र उपस्थिती रहेको थिए ।

प्रतिक्रिया