Punam Rai miss rai 2015
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, माघ १८, आइतबार । आफ्ना १५ प्रतिस्पर्धीहरुलाई उछिन्दै मोरङकी पुनम बान्तावा राई सिटिभी मोवाइल मिस राई २०१५ बनेकी छिन् । प्रतियोगीताकी विजेता घोषित भएकी पुनमलाई प्रमाणपत्र, ५० हजार रुपैयाँ सहित ताज आफ्नो पोल्टामा पारेकी छिन् । ताज भने पुर्व मिस राई सोनी कुलुङ राईले पहिराइ दिएकी थिइन् । विजेता पुनमले भिवर च्वाइजको अवार्डपनि आफ्नै पोल्टामा पारिन् ।
मिस राईको उपाधी पुनमले आफ्नो पोल्टामा पार्दा सुप्रिया राई फस्ट रनरअप, स्नेहा राई सेकेन्ड रनरअप र नज्मा राईले थर्ड रनरअपको उपाधी सहित ताज आफ्नो पोल्टामा पारेका छन् । उनीहरुलाई प्रमाणपत्रका साथै २०–२० हजार रुपैयाँ वितरण गरिएको थियो । यी तिन प्रतियोगीलाई क्रमश पुर्व फस्ट रनरअप कला दुमी राई र थर्ड रनरअप गमला राईले ताज परिराइ दिएका थिए ।
किरात राई मौलिक कला संस्कृति केन्द्रले तेस्रो संस्करणको प्रतियोगीतामा चादनी राईले मिस कल्चरको उपाधी आफ्नो पोल्टामा पारेकी छिन् । टप १६ बाट टप ५ समेत पुगेकी चादनीले मिस कल्चर २०१५ को उपाधी हात पारेकी हुन् ।
किराती नयाँ वर्ष यलेदोङ ५०७५ को अवसर पारेर आयोजना भएको सिटिभी मोवाइल मिस राई २०१५मा बेस्ट ट्यालेन्टको उपाधी रञ्जना राईले आफ्नो पोल्टामा पारिन् । त्यस्तै क्रमश : सृष्टिकला राईले बेस्ट हेयर, जेनिता राईले मिस डिसिप्लेन, पबित्रा राईले मिस फ्रेण्डशिप, स्मीता राईले मिस पंचुआलिटी, स्नेहा राईले मिस पर्सनालिटी, पुर्णीमा राईले मिस पपुलारिटी, एली राईले बेस्ट ड्रेस, सिमा राईले लिडरशिप, प्रतिना राईले बेस्ट स्माइल, निशा राईले फोटोजेनिक र सलिना राईले बेस्ट वाकको उपाधी जितेका छन् ।
प्रतियोगीताको निर्णायकहरुमा साहित्यकार भुपाल राई, सिटिभी मोवाइलका म्यानेजर समा श्रेष्ठ, कलाकार खगेश रञ्जितकार लगायत रहेका थिए । कार्यक्रममा विभिन्न कलाकारहरुले साङगीतिक प्रस्तुतीपनि दिएका थिए ।
[gss ids=”8223,8216,8218,8219,8220,8221,8226,8225,8224,8222,8214″]
प्रतिक्रिया