Bisal Chautari Logo

नेपालमा रिलिज नहुदैं चलचित्र ‘इच्छा’ अष्ट्रेलियामको लागी ९ लाखमा विक्रि

- १५ माघ २०७१, बिहीबार १८:३० मा प्रकाशित


ECHCHHYA nepali movie Australia 9 thousand sales
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ १५, बिहिबार । फागुन ८ गते नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ुइच्छाु नेपालमा प्रदर्शन नहुँदै अष्ट्रेलियामा बिक्री भएको छ । अष्ट्रेलियामा नौ लाखमा सहमती भएको निर्देशक मुनाल घिमिरेले बताए । फिल्मको तर्फबाट निर्देशक घिमिरे र अष्ट्रेलियाको लब्लि इन्टरटेन्मेन्टको तर्फबाट शेषमणी शर्माले संयूक्त रुपमा सहमती पत्रका हस्ताक्षर गरेका छन् ।ECHCHHYA nepali movie Australia 9 thousand sales
चलचित्र इच्छा २०१५ को मे महिनामा प्रदर्शन गरिने बताईएको छ । अष्ट्रेलियामा चलचित्रको प्रदर्शनका लागी नेपालबाट निर्देशक घिमिरे जाने भएका छन् । अष्ट्रेलियासँगै जापान, अमेरिका लगायतका देशमा प्रदर्शन गर्ने कुरा अन्तिम चरणमा पुगेको बताईएको छ । घिमिरेले भने ुहामीले अरु देशका लागी पनि कुरा चलाएका छौं हामी प्रोमो देखाएर कसैलाई झुक्याउँदैनौ हामी पुरा फिल्म नै देखाउँछौ । फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाईएको इच्छालाई यसअघि दुई सफल चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान९श्रीमती’लाई निर्माण गरेका मुनाल घिमिरेले निर्देशन गरेका हुन् । यो चलचित्र नै घिमिरेको पहिलो निर्देशन हो ।
चलचित्रमा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । ‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको बताईएको छ । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

प्रतिक्रिया