Bisal Chautari Logo

दुई श्रीमती भित्राएपछी अभिनेता तथा सञ्चारकर्मी श्यामलाई तनाव

- १५ माघ २०७१, बिहीबार १६:०० मा प्रकाशित


dabbu kshetri direction music video movel shyam aryal
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ १५, बिहिबार ।
‘धेरै रोएा तिम्रो यादमा छैन अब आासु
खुसी सबै लिलाम भए म कसरी हासुा…’
सञ्चारकर्मी एवम् गीतकार डब्बु क्षत्रीले लेखेको यो गजल क्षत्रीको गजल साग्रह ‘झरी’मा साग्रहित छ । जुृगल डागोलको सागीत र अञ्जना गुरुङको स्वरको यो गजललाई अब दर्शकले गजल भिडियोका रुपमा टेलिभिजनमा हेर्न पाउने छन् ।
मागलबार राजधानीमा छायाकन गरिएको यो भिडियो १८ माघबाट रिलिज गरिने विभिन्न च्यानलबाट रिलिज गर्ने जानकारी भिडियोका निर्देशक एवा गजलकार डब्बु क्षत्रीले जानकारी गराएका छन् ।dabbu kshetri direction music video movel shyam aryal
यो भिडियोमा श्रीमानको भूमिकामा अभिनेता एवा सञ्चारकर्मी श्याम अर्याल, कान्छी श्रीमतीको भूमिकामा अभिनेत्री मोनिका दाहाल र जेठी श्रीमतीको भूमिकामा मोडल खुसी घिमिरे छन् ।
मध्यम बर्गका श्रीमानले जब बिहे गर्छन । त्यसपछि उनलाई आफ्नी श्रीमती मन पर्दैन । क्याफेमा भेटिएकी बारुले कम्बरकी युवतीले ती पुरुषको ध्यान खिच्छ । घरकी श्रीमतीलाई वेवास्ता गर्दै ती आधुनिक शहरीया युवतीको मायाजालमा उनी फस्छन् । अन्तत ती युवतीलाई उनी कान्छी श्रीमती बनाएर घरमा भित्राउन बिबास हुन्छन् । जेठी श्रीमतीसाग कान्छीको दैनिकी झगडाका कारण उनी दिक्क हुन्छन् । कान्छी श्रीमतीलाई दाम्पत्य सम्बन्ध विच्छेद गर्दा उनले आश स्वरुप ५० लाख बुझाउनु पर्छ ।
तर यता श्रीमानले मायाा नगरेको र आफु माथि सौता भित्राएको भन्दै आवेगमा आएर जेठी श्रीमतीले आत्महत्या गर्छिन । यो अबस्थामा न त जेठीको न त कान्छीको भएर पछुताउन विवस हुन्छन् । कान्छीले सम्पत्ति लृुटेको र जेठीले आफ्नो मायाामा आत्महत्या गरेका कारण ती पुरुष वियोगमा बिछोडिन बाध्य हुन्छन् । अन्तत उनी न जेठीको न कान्छिको नै हुन सक्छन् ।
आर्थिक रुपमा सम्पन्न विवाहित युवा खोजेर दोस्रो विवाह गर्ने र केही महिनामै सम्बन्ध विच्छेद गरेर कान्छी श्रीमतीले लाखौं रुपैयाा आशबण्डा लिने क्रम नेपाली शहरी समाजमा निकै फस्टाएको छ । यही समस्यालाई आफुले भिडियोमा उतारेको सम्बन्धित गजलका गजलकार एवा म्युजिक गलज निर्देशक डब्बु क्षत्रीले जानकारी गराएका छन् ।
निरोज श्रेष्ठले खिचेको यो भिडियोको निर्देशन मित्र गुरुङले गरेका हुन् । यो म्युजिक भिडियो १९ माघबाट नेपाली टेलिभिजनमा रिलिज हुने निर्देशक क्षत्रीले जानकारी गराए । यता आफुले सोचेको भन्दा निकै राम्रो अभिनय यो भिडियोमा गरेको मोडल खुसीले बताएकी छिन् । श्याम अर्यालले श्रीमान, नयाा मोडल खुसी श्रेष्ठले श्रीमती र अभिनेत्री मोनिका दाहालले कान्छी श्रीमतीको भूमिका यो गजल भिडियोमा निर्वाह गरेको पनि निर्देशक क्षेत्रीले जानकारी गराए । निर्देशक क्षत्रीका अनुसार यो गलजले नेपाली समाजमा विवाहको नाममा युवतीले पुरुषलाई डग्ने बिकृति केही साम्य हुनेछ ।

प्रतिक्रिया