Bisal Chautari Logo

लाजालामलाई श्रीमतीभन्दा भुडी प्यारो (भिडियो सहित)

- १५ माघ २०७१, बिहीबार १४:३७ मा प्रकाशित


Lajalam RP Bhattarai song by Jay Bhundi
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ १५, बिहिबार । गायक तथा हास्य कलाकार आरपी भट्टराईले तोते बोलीको गीत ल्याएका छन् । हास्यकलाकार तथा गायक भट्टराईले आफ्नो दोस्रो गिती अडियो एल्बम नेपाली भुडीमा रहेको शिर्ष गीतलाई म्युजिक भिडियो सहित हालै युट्युबमार्फत सार्बजनिक गरेका हुन् । Lajalam RP Bhattarai song by Jay Bhundi
गीत अनुसारको यसको म्युजिक भिडियो पनि रोचक ब‘(जोगिन्दर), पल्पसा डंगोल (चम्सुरी), मरिचमान श्रेष्ठ (बल्छि धुब्रे), ज्योती काफ्ले (नक्कली बाबुराम) विनोद मानन्धर, नायिका तथा मोडल अनिता केसी, मोडल रिना गिरीलगायत झण्डै एक दर्जनले अभिनय गरेका छन् ।
‘गायक प्रकाश पौडेलले रोएर गीत गाउनुभयो, मदनकृष्ण श्रेष्ठले हासेर गीत गाउनुभयो, उहााका छोरा यमन श्रेष्ठले खासखुस गरेर गीत गाउनुभयो’ टेलिभिजन दर्शकमाझ इन्जियनियल लादालामका रुपमा चिनिएका आरपी भन्छन् ‘मैलेचाहिा मलाई चिनाउने लादालाम क्यारेक्टरअनुसार तोतेबोलीमै गीत गाएा।’ सधैं केही नयाँ गराँ भन्ने सोचेर नयाँ नयाा प्रयोग गर्दै आएका भट्टराईले कमेडी सिरीयल तितो सत्यमा तोत बोली बोल्ने अधवैशेको पात्रसँगै आफ्नै बडेमानको भुँडी सुहाउँदो शव्दका साथ तोते बोलीमा गीत गाएका हुन्।
सिरीयलमाझौ लादालाम मेलो लाम, इन्दिनियल मेलो काम, बिहे नगली हुन्छु कि पलमधामजस्ता शव्दबाट शुरु हुने गीतमा आरपीले तोते बोलीमै गाएका छन् हाली घोप्ते भुँली, ग्याम्ते भूँली, त्याकन तुकन भुँली, थन्दालाम भुँली। उनको यो गीत उनकै नविनतम एलबम नेपाली भुाडीका लागि भैरव अर्यालको निवन्ध सँग्रह जय भूँडीको केही शव्दाशंसहित डम्बर विकेलले तयार पारेका हुन् भने गीतमा गायक प्रकाश ओझाले संगीत भरेका छन ‘तोते बोलीमा डाइलग बोल्नभन्दा गीत गाउन अझै गाह्रो पो रहेछ’ आरपीले भने ‘गाह्रोसँगै मज्जा पनि भयो। सबैभन्दा मज्जाको कुराचाहिँ तोते बोलीमा गीत गाउने म नै पहिलो भएँ।’ आरपीले थपे ‘तोते बोलीमा गीत गाए पनि सामाजिक रुपान्तरणका लागि सन्देश दिने प्रयास गरेको छु।’ उनले उदाहरण पेश गरे ‘जस्तोकि बालबालिकालाई सन्देश दिनका लागि गाएको छु इत्तमित्ल चाहिन्छ, थलथिमेकी ताहिन्छ। जले जे जे दिए पनि मद्दाले खाइन्छ, मद्दाले लाइन्छ। थन्थाल जति धिलीमीली भए पनि बुआ आमाजस्तो माया कहाँ पाइन्छ? यो शव्दबाट बालबालिकाले केही न केही सिक्ने आशा गरेको छु।’ आरपीले अर्को उदाहरण दिए ‘गीतमा राष्ट्रियता र भ्रष्ट्राचारको कुरा पनि उठाएको छु। गाएको छु तहाँ गए बुद्ध जताततै युद्ध, विकाथ भो मन्द थंँदै नेपाल बन्द। ताल्न पर्‍यो भुँली, बिग्ल्यो थबको मती भत्लाताल अति। तोही मागी हिल्छन्, तोही भागी हिल्छन्। तालन उही भुँली। तेथैले त भैरव अर्याल भन्थे जय भुँली।’ तोते बोलीमा गाएकाले सबै शव्द सबैले सजिलै बुझ्न नसक्ने भएकाले उनले यसको म्युकिज भिडियोमा सब टाइटलसमेत राखेका छन्।

हास्य अभिनेताका रुपमा स्थापित भट्टराई गायकका रुपमा पनि स्थापित नाम हुन्। उनले नेपाली भुँडीअगाडि पनि याया थुक्क नामक एलबम बजारमा ल्याएका थिए। नेपाली भुँडीमा भने ९ गीत संगृहित छन्। यसका २ गीत माली गाईको घ्यु रअमलिसोको कुच्चोले यसअघि नै बजार तताईसकेको छ भने यसको म्युजिक भिडियो पनि आईसकेको छ ।

Lajalam RP Bhattarai song by Jay Bhundi
New Nepali Comedy Song “Jay Bhundi” by RP Bhattrai (Lajalam)
Lyrics : Dambar Bikel
Music : Prakash Ojha
Arranger : Bishan Manandhar
Direction : Prasanna
Camera : Bidur Pandey
Editor : Tekendra Shah

प्रतिक्रिया