Bisal Chautari Logo

सुरजले ‘तेरो छोरी छ हैन, त्यसलाई बलात्कार गरिदिन्छु’ भनेर अश्लिल गालि गरेको आरोपमा सुरज र सहाना पक्राउ

- १४ माघ २०७१, बुधबार १८:२५ मा प्रकाशित


suraj giri and sahana bajracharya
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ १४, बुधबार । भिजे सुरज गिरी र मोडल सहाना बज्राचार्य अश्लिल गालि गरेको आरोपमा महानगरीय प्रहरी परिसर हनुमानढोकाको हिरासतमा रहेका छन् ।

suraj giri and sahana bajracharya (1)
हर्षबर्धन साहनीलाई फोन गरेर ज्यान मार्ने धम्की र अश्लील गाली गलौज गरेको आरोपमा छानबिन गर्न उनीहरुलाई प्रहरीले बुधबार नियन्त्रणमा लिई हिरासतमा राखेको हो । साहनी विज्ञापन कम्पनीका सञ्चालक हुन् । उनको कम्पनीले म्युजिक भिडियो र विज्ञापन बनाउने गर्छ । दुई महिनादेखि सुरज र सहानाले फोन गरेर यातना दिएको उजुरी साहनीले दिएका थिए । प्रहरीका अनुसार सहानासग घुमेको विषयमा सुरजले पहिला फोन गरेर हर्षवर्धनलाई धम्क्याएका थिए । पछि सहानाले समेत फोन गर्दै उनलाई अश्लील गाली गरेको पीडितले प्रहरीमा बुझाएको रेकर्डमा सुनिन्छ ।
‘तैँले आफूलाई के ठानेको छस् । मसँग निहुँ खोजेर काठमाडौंमा टिक्न सक्छस्, तेरो छोरी छ हैन, त्यसलाई बलात्कार गरिदिन्छु, तँलाई मारिदिन्छु’ रेकर्डमा सुरजको भनिएको आवाजमा थर्काएको सुनिन्छ । उनले प्रहरीमा जाने त होला नि हैन, प्रहरीले केही गर्न सक्दैन, सब पुलिसलाई किनिदिन सक्छु भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम कार्कीको नामै लिएर त्यसलाई ४० लाख किनिदिन्छु भनेको रेकर्डमा सुनिन्छ । उजुरीको आधारमा उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेर पछि मुद्धा प्रकृया अगाडि बढाउन काठमाडौं परिसरमा बुझाएको हो ।
उनीहरुविरुद्ध विद्युती कारोबार ऐन अन्तर्गत मुद्धा चलाउने कि धम्कीमा वा सार्वजनिक अपराधमा भनेर प्रहरी छलफलको चरणमा छ । यसअघि पनि गत साउनमा चितवनमा प्रहरीले नियन्त्रणमा लिएको विषयलाई मिडियाले गलत ढंगले प्रस्तुत गरेको भन्दै उनीहरुले खण्डन गरेका थिए ।

प्रतिक्रिया