Bisal Chautari Logo

गायिका मेनुका राईको जिन्दगीमा को ? (भिडियो सहित)

- १४ माघ २०७१, बुधबार ०५:०९ मा प्रकाशित


menuka rai song Mero Jindagima
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, माघ १४, बुधबार । नेपाली साङगीतिक क्षेत्रमा गायिका मेनुका राईको नाम २०५६ सालदेखी सकृय रहेको छ । गायिका मेनुकाको साङगीतिक यात्रा औपचारिक रुपमा ०५६ सालमा ‘मौरी घुम्छ फुलको बोटैमा’ बोलको गीतबाट भएको थियो । यही क्रममा पछिल्लो समय सार्वजनिक भएको गायिका मेनुकाको ‘मेरो जिन्दगीतमा’ बोलको गीत चर्चामा रहेको छ । सार्वजनिक गीत जुनतारा नामक कलेक्सन एल्बममा समावेश रहेको छ । menuka rai (1)
गीत सार्वजनिक भएको करिव एक महिनाको अन्तरालमा दर्शक श्रोताहरुको राम्रो प्रतिकृया पाएको गायिका मेनुका राईले विशाल चौतारी डटकमलाई बताइन् । दर्शक श्रोता तथा सुभचिन्तकहरुले सामाजिक सञ्जाल फेसबुक, फोन र कन्र्सटहरुमा सार्वजनिक गीत फरक किसिमको राम्रो गीत बनेको प्रतिकृया दिएको गायिका मेनुकाले बताइन् । सार्वजनिक गीतमा अभिनेत्री रिमा विश्वकर्मा, आकाश र सम्पदाले मोड्लिङ गरेका छन् । menuka rai (2)
गायिका मेनुका राईले पहिलो एल्बम २०६४ सालमा ‘माया आरिसे’ ल्याएकी थिइन् । सो एल्बममा १० गीत समावेश थियो, भने २०७० सालमा सार्वजनिक ‘१२३’ नामक दोस्रो एल्बममा ८ गीत समावेश गरिएको थियो । करिव १५ वर्षको साङगीतिक यात्रामा गायिका मेनुका राईले २०० भन्दाबढी गीत रेकर्ड गराईसकेकी छिन् ।

भिडियो हेरौं

नेपाल तथा विदेशको कार्यक्रममा ब्यास्त भइरहेकी गायिका मेनुका राई अहिले तेस्रो एल्बम ल्याउने तयारीमा रहेको बताइकी छिन् । अहिले यही एल्बमको गीत रेकर्डिङमा गायिका मेनुका राई ब्यास्त रहेकी छिन् ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8179,8171,8178,8177,8176,8175,8170″]

प्रतिक्रिया