Bisal Chautari Logo

दीपक, निर्मल र दीपाको ‘वडा नम्बर ६’लाई रिलिज अगाडी नै ३५ लाख

- १२ माघ २०७१, सोमबार १८:५८ मा प्रकाशित


Deepak Raj Giri, Nirmal Sharma and Deepa Shree Niraula movie Wada Number 6
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ १२, सोमबार । चलचित्रको सुटिङ सुरु हुन भन्दा अगाडीदेखी नै चर्चामा रहेको सिनेमा ‘वडा नम्बर ६’ लाई पनि प्रदर्शनमा नआउदै काठमाण्डौ बाहिरबाट ३५ लाखको ‘मिनिमय ग्यारेन्टी’ प्राप्त भएको छ । वितरक कम्पनी एफडीले यो चलचित्रलाई ‘मिनिमय ग्यारेन्टी’ दिएको हो ।Deepak Raj Giri, Nirmal Sharma and Deepa Shree Niraula movie Wada Number 6
एफडीका अध्यक्ष प्रदिप उदयका अनुसार चलचित्र ‘छ एकान छ’ चलेपछि यो चलचित्र पनि चल्नेमा विश्वस्त भएको भन्दै ३५ लाख ‘मिनिमय ग्यारेन्टी’ दिएको बताएका छन् । निर्माताक्रय दीपकराज गिरी, निर्मल शर्मा र दीपाश्री निरौलामध्ये दीपाश्रीले बताए अनुसार चलचित्रले मिनियम ग्यारेन्टी वापत राम्रो रकम पाएको बताइन् । अब, काठमाण्डौ बाहिर यो चलचित्रले यती रकम उठाएपनि नउठाएपनि ३५ लाख प्राप्त गर्ने पक्का भएको छ । यो भन्दा माथिको व्यापार भएको खण्डमा निर्माता र वितरक कम्पनीलाई आधा–आधा हिस्सा प्राप्त हुने दीपाश्रीको भनाई छ ।
चलचित्रको ट्रेलर, गीत केही पनि सार्वजनिक नहुदै निर्माताले ३५ लाख पाउनु राम्रो कुरा हो । उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्रमा दीपकराज गिरी, सिताराम कट्टेल, जीतु नेपाल, दयाहाङ राई, प्रियंका कार्कीको मुख्य भूमिका छ । चलचित्रमा विल्सन विक्रम राइ विशेष भूमिकामा देखिनेछिन् ।
यसअघि चलचित्र ‘नाई नभन्नु ल ३’ लाई पनि वितरक सुनिल मानन्धरले काठमाण्डौका लागि ३५ लाखको मिनिमय ग्यारेन्टी दिएका थिए । चलचित्र चल्ने अवस्था आएपछि वितरकहरु मिनिमय ग्यारेन्टी दिन अग्रसर भएका छन् ।

प्रतिक्रिया