Bisal Chautari Logo

‘छेक्यो छेक्या देउराली डाडा’का संगीतकार शुक गुरुङलाई अमेरीकाबाट आर्थिक सहयोग

- १२ माघ २०७१, सोमबार १८:०६ मा प्रकाशित


chekyo chekyo lyrics shuk Gurung
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ १२, सोमबार । लामो समयदेखि अस्वस्थ रहँदै आएका गीतकार तथा संगीतकार शुक गुरुङलाई अमेरिकामा बस्दै आएका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । अमेरिकाको न्यूर्योकमा रहेका नेपालीहरुले संकलन गरी पठाएको १ लाख १४ हजार ९० रुपैंयाँ मुनाल फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक तथा निर्माता भोज गुरुङले आइतबार ५४ वर्षे शुकको निजी निवास मित्रनगर गोंगबु पुगी उक्त रकम हस्तान्तरण गरेका हुन् ।chekyo chekyo lyrics shuk Gurung
निर्माता भोजका अनुसार अमेरिकामा रहेका रोशनी गुरुङ, प्रेम गुरुङ, विजय गुरुङ र मनिता गुरुङको विशेष सक्रियतामा उक्त रकम संकलन गरिएको हो । ‘उहाँहरुले सामाजिक सञ्जालमार्फत गीतकार तथा संगीतका शुकको बारेमा थाहा पाउनुभएछ, अनि केही आर्थिक सहयोग गर्नका लागि उहाँहरुले पहल गर्नुभएको हो ।’ भोजले भने ।
शुककी श्रीमति जुनाका अनुसार शुक विगत १६ वर्षदेखि मधुमेह रोगबाट ग्रसित छन् । ‘गत पौष १९ गतेदेखि चाहिँ उहाँ निकै बिरामी हुनुभयो, अस्पतालमा उपचार गराउन लैजाँदा डाक्टरले लिभर र किड्नीमा समस्या छ भनेपछि ग्रिन सिटी अस्पताल र टिचिङमा उपचार ग¥यौं,’ श्रीमति जुनाले भनिन्,‘उहाँ आँखा पनि देख्नुहुन्न, टोलाउने र सुर नपाउने अवस्थामा हुनुहुन्छ ।’
शुकका छिमेकी दुर्गा गुरुङले शुकलाई स्वदेश तथा विदेशमा रहेका नेपालीबाट केही रुपमा आर्थिक सहयोग प्राप्त भईरहेको जनाए । ‘संगीत क्षेत्रमा लागेका व्यक्तिहरुले पनि उहाँको अस्वस्थताको खबर थाहा पाएपछि सहयोगको पहल शुरु गरिसकेका छन् ।’ उनले भने ।
शुकले लेखेका र संगीत भरेका ‘आँखैमा झलझली’, ‘छेक्यो छेक्यो’, ‘भाइटिकामा भेट्न’, ‘नरोए आमा’, ‘दोबाटोमा’ र ‘आँखाहरु’ बोलका गीत नेपाली श्रोतामाझ चर्चित छन् । उनले ‘इशारा १’, ‘इशारा २’, ‘इशारा ३’, ‘निवेदन’, ‘सूचना’ र ‘विरानो माया’लगायत १० एल्बम श्रोतामाझ ल्याईसकेका छन् ।

प्रतिक्रिया