Bisal Chautari Logo

राजेश हमाल र पूर्वमिस नेपाल सदीक्षाले सिटिसी मलमा ‘सिटिभी मोबाइल’को सोरुम उद्घाटन गरे (फोटो फिचर)

- १२ माघ २०७१, सोमबार ०८:४० मा प्रकाशित


Rajesh Hamal and former Miss Nepal Sadiksha Shrestha CTC Mall ‘CTV Mobile’ opening by the Sorum

ब्रेकर : ‘सिटिसी मलमा सिटिभी मोबाइलको एक्सक्लुसिभ मल्टिब्राण्ड सोरुममा पुरानो मोबाइल साट्न पाइने ’

दर्जन ब्रान्डका मोबाइल अब एउटै सोरुममा

विशाल चौतारी समाचार (तस्बिरहरु  : विशाल राई)
काठमाडौ, २०७१, माघ १२, सोमबार । गुणस्तरीय तथा ब्राण्डेड मोबाइल बिक्री गर्दै आएको सिटिभी मोबाइलले सुन्धारास्थित सिटिसी मलमा द वल्र्ड भिजनको नाममा एक्सक्लुसिभ मल्टिब्राण्ड सोरुम उद्घाटन गरेका छन् । सिटिभी मोबाइलको स्वामित्वमा सञ्चालनमा ल्याइएको उक्त सोरुमको आइतबार महा अभिनेता राजेश हमाल र पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

Rajesh Hamal and former Miss Nepal Sadiksha Shrestha CTC Mall 'CTV Mobile' opening by the Sorum (1)
औपचारीक कार्यक्रम सहितको उद्घाटन समारोहमा बोल्दै ग्राहकको चाहना र व्यस्ततालाई मध्यनजर गर्दै यस्तो सोरुम खोलिएको सिटिसी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्याइडरले जानकारी दिए । नेपालमा उपलब्ध दुई दर्जन बढी मोबाइल कम्पनीका उत्पादन बिक्री गर्ने तथा १६ वटा मोबाइल कम्पनीका मोबाइल अलगअलग टेबलबाट बिक्री गरिने ब्यबस्था मिलाइएको ग्लाइडरले विशाल चौतारी डटकमलाई बताए ।
त्यस्तै उद्घाटनपछी बौल्दै महा–अभिनेता राजेश हमालले ग्राहकको चाहना अनुसार सोरुम खोलिएकोमा बधाई दिए । उता पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठलेपनि बधाई दिए ।

Rajesh Hamal and former Miss Nepal Sadiksha Shrestha CTC Mall 'CTV Mobile' opening by the Sorum (5)
सोरुममा आइफोन, सामसुङ, कार्बन, कलर्स, पानासोनिक, बिक्यू, माइक्रोम्याक्स, हुवावे, जियोनी, अल्काटेल, एलीजी , जोलो, लाभा, सोनी, माइक्रोसफ्ट नोकिया लगायत २ दर्जन बढी ब्रान्डका मोबाइल तथा स्मार्ट फोनहरु उपलब्ध रहेको छ ।
मोबाइलका अलावा सोरुमबाट बिभिन्न कम्पनीका क्यामरा, ल्यापटप, सीसीटिभी , साउन्ड सिस्टम, राउटर, आइप्याड लगायतका विद्युतीय सामग्रीहरु पनि बिक्री गर्ने बताइएको छ ।

Rajesh Hamal and former Miss Nepal Sadiksha Shrestha CTC Mall 'CTV Mobile' opening by the Sorum (11)
यो मल्टिब्राण्ड सोरुम मोबाइलको खुद्रा बजारमा सबैभन्दा अत्याधुनिक र ठूलो भएको सिटिभी मोबाइलले दाबी गरेको छ । औपचारिक कारोबारको दिनबाट नै मोबाइल एक्सचेन्ज गरि मोबाइलमा अपग्रेड गर्न सकिने व्यवस्था सिटिभिले गरेको छ । यस सोरुमबाट केयर सुबिधा, वाइफाइ फ्री लगायतको सुबिधा दिने प्रबन्ध निर्देशक ग्लाइडरले बताएका छन् । सिटिभि मोबाइलले यस अघि चाबहिलको केएल टावरमा सिटिभी लिंक इलेक्ट्रोनिक्स, न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा सिटी टप भिजन तथा सिटिभी केयरको नाममा आउटलेट खोलिसकेको छ ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8119,8122,8124,8125,8123,8121,8120,8118,8117,8116,8115,8114,8113,8109″]

प्रतिक्रिया