Bisal Chautari Logo

बिनोदको ‘किनाराका रहरहरु’ विमोचनसंगै अलग अभियानको माघ शृङ्खला सम्पन्न

- १० माघ २०७१, शनिबार २१:३८ मा प्रकाशित


binod bantawa Ghazal kinaraka raharaharu Released
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ १०, शनिबार । विनोद बान्तावाको गजलकृति ‘किनाराका रहरहरु’को विमोचन सहित अलग अभियानको माघ शृङ्खला सम्पन्न भएको छ । प्रमुख अतिथि डा. कृष्णहरि बराल, अतिथि प्रा.डा. रामनाथ ओझा र कवि नाकिमाले कृतिको विमोचन गरे । कृतिको विमोचन आज शनिबार अलग आर्ट हव सातदोबाटोमा गरिएको हो ।

binod bantawa Ghazal kinaraka raharaharu Released
अतिथिहरुले विमोचित कृतिको बारेमा बोल्दै विषय र लय दुबै हिसाबले बान्तावाका गजलहरु बलियो रहेको बताए । साथै गजल कृति ल्याएकोमा विनोद बान्तावालाई अतिथीहरुले बधाई दिए ।
उता अलग अभियानको माघ शृङ्खलामा रेवत राई, प्रदिप राई, बबिना किराती, नम्रता राई, र सुरस्मा लामीछानेले डा.कृष्णहरि बराल, स्वप्निल स्मृति, प्रदिप राई र जसध्वज गुरुङको शब्दलाई सुरेश गैरे, मण्डल साम्पाङ र डा.किरातको सङ्गीतमा प्रस्तुत गरे । उता नमन अनु, साङ्केन बान्तवा, बम बानिया, रोशन यक्सो, इना राई, सरिता सङ्घर्ष लगायतले कविता र गजल वाचन गरे । राजकुमार समालले गिटार, विशान्त खड्कीले तबला, अब्राहम मोतेले किबोर्ड, पावल थुलुङले बाँसुरीमा साथ दिएका थिए । अलग अभियानले हरेक महिना नयाँ गीत र कविताहरुको प्रस्तुति गर्दै आएको छ ।

प्रतिक्रिया