Bisal Chautari Logo

अभिनेत्री निशा र पुर्व मिस नेपाल सदिक्षाको ओजोन फेशन नाइट’मा क्याटवाक

- २२ आश्विन २०७०, मंगलवार १६:०५ मा प्रकाशित


२२ असोज, पोखरा । हालै मात्र ‘पार्टी ओजोन डटकम’ले पोखराको लेकसाइडमा फेशन शोको आयोजना गरेको छ । ‘ओजोन फेशन नाइट’ नाम दिइएको यो कार्यक्रमको सुरुवात पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ र्‍याम्प हिडेर गरिएको थियो । यसपश्चात पोखराका चचिर्त ९ मोडलहरु र्‍याम्पमा उत्रिएका थिए ।वीपेन गुरुङ र सपना गुरुङले कोरियोग्राफी गरेको फेशन शोमा नेपाली पोशाक पनि समावेश गरिएको थियो । फेशन शोमा नीओन लाइट, ईन्सेप्सन कक्टेल, लेडिज अन सप र ओजोन गरी ४ वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो ।अभिनेत्री निशा अधिकारी र्‍याम्पमा उत्रिएसँगै शो समाप्त भएको थियो । फेशन शो पश्चात विभिन्न डीजेहरुले मनोरञ्जन प्रदान गरेका थिए । अनलाईन खबरबाट साभार 

प्रतिक्रिया