Bisal Chautari Logo

रेखाले उम्मेदवार बन्ने धोका पाएपनि चुनावि अभियानमा कम्बर लर्काउदै

- २२ आश्विन २०७०, मंगलवार १६:३२ मा प्रकाशित


२२ असोज, रौतहट । संविधान सभा निर्वाचनमा उम्मेदवार बन्ने धोको पूरा नभए पनि हिरोइन रेखा थापा चुनावी अभियानमा सक्रिय छिन् । एमाओवादी कार्यकर्ताको हैसियतमा रेखा अहिले बारा, पर्सा, रौतहट क्षेत्रमा चुनावी प्रचारकै लागी म्युजिक भिडियोको सुटिङमा गर्दैछिन् ।एमाओवादीको भोजपुरा संयोजक प्रभु साहको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतका एक दर्जन गाउँहरुमा सोमबार भएको सुटिङमा रेखाले घाँघर चोलीमा सजिएर अभिनेता आयुष रिजालसँग ठुम्का लगाउँदै नाचिन् । मोहर मारिह (भोट दिनुहोस्) बोलको भोजपुरी गीति एल्बमको शीर्ष गीतमा गायक उदित नारायण झा, कल्पना, खुश्वु जैन, रविराज साह लगायतकाले स्वर दिएका छन् । एमाओवादी पार्टीले पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने चर्चाका बीच टिकट वितरण गर्ने दिनमै ‘प्राविधिक’ कारणले अयोग्य ठहराइएकी उनले पार्टीलाई चुनावमा बहुमत दिलाउन सक्दो योगदान दिने प्रण गरिन् । टिकट नपाउनुमा मेरो दोष होइन, निर्वाचन आयोगले मेरो नाम हराइदियो’ रेखाले बताईन् । यसपटकको निर्वाचनमा उम्मेदवारी दिन नपाए पनि आगामी निर्वाचनमा तराईबाटै उम्मेदवार बन्ने रेखाको धोको छ । चलचित्रको दुनियाँबाट आफूले नाम र दाम दुबै कमाइ सकेकाले अब राजनीति मार्फत् समाज सेवा गर्ने उनले सुनाइन् । देशको सबैभन्दा शक्तिशाली पार्टीका लागि मतदाता रिझाउन म सक्दो योगदान दिन चाहान्छु”, रेखाले भनिन्– ‘दशैँपछि म पर्साका मतदाता समक्ष जानेछु ।’
तराइ बसाइका क्रममा उनले यहाँको सुरक्षा अवस्था ज्यादै कमजोर रहेको अनुभव गरेकी छिन् । ‘खासगरी सीमा क्षेत्रका बासिन्दा सीमावारपार गर्दा विदेशी सेनाबाट हेपिनु पिटिनुको पीडा मात्र नभएर सीमा मिचिनुको पीडा पनि सहन बाध्य छन्’, रेखाले नेताको शैलीमा भनिन् । राजधानीमा महिला अधिकारका ठूला ठूला भाषण छाँट्ने गरे पनि तराईका महिला अवसरबाट बञ्चित रहेको बुझाइ रेखाको छ । ‘यहाँ सुटिङग हेर्न आउँदा समेत महिलाहरु घुम्टो ओढेर आउने गरेका छन्’, उनले थपिन्– ‘महिलालाई पर्याप्त अवसर नदिएसम्म प्रगति सम्भव छैन ।’ तराई मधेशको लोकसंस्कृति र भाषा झल्काउने उद्देश्यले पार्टी हेडक्वार्टरको निर्देशनमा एल्बम तयार पारिएको भोजपुरा संयोजक साहले बताए ।
रौतहटको क्षेत्र नम्बर ३ का कोपवा, वगही, फतेपुर, सरमुजवा, अकोलवा, मौलापुर, सोनरनिया, इनरवा, पथरावुधराम , इनरवारी लगायत एक दर्जन भन्दा बढी गाउँमा भिडियो सुटिङग भइरहेको गरिरहेको निर्देशक किशोर राना मगरले बताए । नागरिक दैनिक साभार

प्रतिक्रिया