Bisal Chautari Logo

माला र सिद्धार्थ ‘वान वे’बाट आसावादी (सिनेमा युनिटसंगको कुराकानी सहित)

- ९ माघ २०७१, शुक्रबार ०५:२२ मा प्रकाशित


Mala Subba and Siddharth Gurung movie ONE WAY
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, माघ ९, शुक्रबार । चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका निर्माता राजकुमार राईले निर्माण गरेको पछिल्लो चलचित्र वान वे’ फागुन १ गतेबाट देशभर रिलिज हुदैछ ।

Mala Subba and Siddharth Gurung movie ONE WAY (3)
चलचित्रको रिलिज मिती नजिकिदै जादा यस चलचित्रबाट डेब्यु भएका दुई मुख्य कलाकारहरुको चर्चा बढेको छ । चलचित्र ‘गुडबाई काठमाडौ’बाट डेब्यु भएपनि रिलिजको हिसावले चलचित्र ‘वान वे’बाट दर्शकमाझ आउन लागेकी अभिनेत्री माला सुब्बा म्युजिक भिडियोकी ब्यास्त सफल मोडल हुन् । म्युजिक भिडियोभन्दा सिनेमा खेल्न रुचाउने अभिनेत्री मालाले बताए अनुसार उनी यस चलचित्रबाट आसाबादी रहेकी छिन् ।
उता चलचित्र गर्नभन्दा अगाडी आधादर्जन भन्दाबढी नाटक खेलिसकेका नव अभिनेता हुन्, सिद्धार्थ गुरुङ । उनले बताए अनुसार नाटकमा उनी बाघ, भालु तथा विभिन्न जनवारहरुको रुपमा प्रस्तुत भइसकेका छन् । नाटकमा धेरै अभिनय गरेकालेपनि सिनेमामा अभिनय गर्दा खासै कठिनाइ नभएको समेत नव–अभिनेता सिद्धार्थले बताए ।
माला सुब्बा (अभिनेत्री)

Mala Subba and Siddharth Gurung movie ONE WAY (9)
चलचित्र ‘वान वे’को विषयमा कुराकानी गर्दै अभिनेत्री माला सुब्बाले पहिलो चलचित्रमा राम्रो काम गर्ने कौसिस गरेको बताउदै सिनेमाबाट आसा रहेको बताइन् । आफ्नो कमजोरी पक्षलाई बताउदै अभिनेत्री मालाले आफ्नो नेपाली बोल्ने शैलीमा अलि गाह्रो हुने गरेको बताउदै चलचित्रमा पनि बोल्ने अवजले काम गर्न केही गाह्रो भएको अनुभव सियर गरिन् ।
चलचित्रमा आफ्नो पहिलो टेकको बारेमा बताउदै अभिनेत्री मालाले ३ टेकमै ओके भएको बताइन् । चलचित्रमा पहिलो सिन ब्वाइफ्रेण्डको घरमा जाने सिन भएकाले पनि खासै गाह्रो भएको अभिनेत्री मालाले बताइन् । उनको अपोजीट एक्टर सिद्धार्थस“ग चलचित्रको सुटिङ सेटमा सधै लभ एन्ड हेट रहेर काम गरेको अभिनेत्री मालाले बताइन् । चलचित्रमा अभिनय गर्न रविन दाजु र करिश्मा दिदीले सिकाइदिएकालेपनि खासै गाह्रो नभएको मालाले बताइन् ।
सिद्धार्थ गुरुङ (नव–अभिनेता)

Mala Subba and Siddharth Gurung movie ONE WAY (1)
rajkumar rai  movie ONE WAYयही चलचित्रको विषयमा कुराकनी गर्दै डेब्यु अभिनेता सिद्धार्थ गुरुङ चलचित्र ‘वान वे’बाट आसाबादी रहेको बताए । आफुले सिनेमामा सक्दो राम्रो अभिनय गर्ने कोसिस गरेको बताउदै आफ्नो मिहेनतप्रति विश्वस्त रहेको अभिनेता सिद्धार्थले बताए । उनले आफ्नो सिनेमाभित्रको पात्रको बारेमा खुलाउदै भने–‘ चलचित्रमा म ग्रुप लिडर छु । एउटा प्रेमीसंगै इमान्दार केटो तर भविष्यबारे उति चिन्तित छैन । मायामा प्लेब्वाई पनि होइन म तर उति नबोल्ने, अन्तर्मुखी जस्तो भुमिकामा छु’ अभिनेता सिद्धार्थले पात्रबारे खुलाए ।
राजकुमार राई (निर्माता)
निर्माता राजकुमार राईको यो आठौं प्रोजेक्ट हो । यही विषयमा कुराकानी गर्दै निर्माता राजकुमारले अल नेपाल ७० भन्दा बढी पर्दाबाट रिलिज गर्ने जानकारी दिए । भने–‘ निर्माता संघको अध्यक्षको नाताले सिनेमा बनाउदा सजग हुनुपर्छ । चलचित्र बनाउदा मलाई कर्तव्यबोधको महसुस गरको छु,’ निर्माता राईले भने ।
त्यस्तै आरसी पिक्चरले अव वर्षेनी एउटा सिनेमा निर्माण गर्ने लक्ष्य राखेकोपनि निर्माता राईले बताए । आरसी पिक्चर ब्यानरबाट ‘मनै त हो, ‘पापी मान्छे, पापी मान्छे–२, संगम, त्रिवेणी र प्रोड्युसर’ निर्माण गरिसकेको छ ।
भानु प्रताप (कलाकार)

Mala Subba and Siddharth Gurung movie ONE WAY (7)
त्यस्तै अभिनेता भानु प्रताप चलचित्रमा एक भिलेनको रोलमा देखिएका छन् । चलचित्र ‘वान वे’ले भिलेनलाई एक महत्वपुर्ण भुमिकामा प्रस्तुत गरेको बताउदै नेपालमापनि भिलेनलाई चित्रण गर्ने ट्रेन्डमा परिवर्तत देखिएको भानुले बताए ।
चलचित्र ‘वान वे’लाई सुरज सुब्बा नाल्बोले निर्देशन र प्रदीप भट्टराईले पटकथा लेखेका हुन् । चलचित्रमा माला, सिद्धार्थ र भानुको साथमा करिष्मा मानन्धर, रविन तामाङको पनि मुख्य भुमिका रहेको छ ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8088,8086,8087,8085,8083,8089,8090,8091″]

प्रतिक्रिया