Bisal Chautari Logo

फ्यानहरुलाई बेष्ट फ्रेन्ड बनाउछु

- २२ आश्विन २०७०, मंगलवार १७:५० मा प्रकाशित


विशालसंग फ्यान संवाद्ध
रिमा विश्वकर्मा (अभिनेत्री )
कलाकारीतामा लागेको करिव डेढ वर्ष भएपनि सोचे भन्दा बढि फ्यानहरुको माया र साथ पाएर म अभिनय क्षेत्रमा सरल रुपले लागिरहेको छु । कलाकारीतामा लागेर मैले धेरै किसिमका फ्यानहरु पाएको छु । यति सम्म कि म हिड्ने बाटोहरुमा फुल बोकेर बसिरहने फ्यानहरु देखि त्यहि फुल दिन खोज्नेसंग झगडा गर्ने फ्यान सम्म ।फ्यानहरुसंग नजिकिने माध्ययम चाहि इन्टरनेट र फेसबुक नै बढि युज भएको छ । केहि फ्यानहरुले फोन नम्वर पत्ता लगाएरपनि फोन गरिरहेका हुन्छन् । तर फ्यानहरुले नम्वर पत्ता लगाएर फोन गरेपनि डिस्टव गर्ने किसिमका कुराहरु चाहि गर्नुहुन्न । एकदमै सकारात्मक किसिमले कुराकानि गर्नुहुन्छ । मेरो फोन नम्वर पत्ता लगाएर फोन गर्ने तिनजना फ्यानहरु त रेगुलर गरिरहनु हुन्छ । मैले उहाहरुको फोन नम्वरपनि फ्यान १, फ्यान २ भनेर सेभ गरेको छु । एक केटि र दुई केटाहरु नियमित फोनमा कुराकानि हुने फ्यानहरु हुनुहुन्छ । करिव डेढ वर्ष अगाडि प्रमिला जि ले एउटा कार्यक्रममा मिडियाको साथिसंग मेरो प्रसंसा गर्दै फोन नम्वर लिनु भएको रहेछ । उहा पहिलो चोटि फोन गर्दा बोल्नै डराउनु भएको थियो । उहाले म तपाईको फ्यान भन्दै फोन गर्नुको कारण बताउनु भएको थियो । म सुनिरहेको थिए, उहाले मेरो अभिनय यात्राका बारेमा सम्पुर्ण जानकारि राख्नु भएको रहेछ । अभिनयकोपनि तारीफ गर्नुभएको थियो ।फेसबुकमा करिव दुईवर्ष अगाडि देखि फ्रेन्ड बन्नु भएको अभिषेकपनि करिव सात महिना अगाडिदेखि फोन सम्पर्कमा रहेका छन् । अभिषेक अष्ट्रेलियामा बस्दै आएका रहेछन् । मेरो अभिनयको तारिफ गर्दै मेरो रहेक कदमको कामना गरिरहनु हुन्थ्यो ।  नेपालमा आउदा मलाई जसरिपनि भेट्ने बताइरहनु हुन्थ्यो । अभिषेक केहि महिना अगाडि नेपाल आउदा मलाई भेट्नु भएको थियो । उहाले दरर्वार मार्गमा मलाई भेट्न बोलाउनु भएको थियो । म भेट्न जादा उहा एकदमै एक्साईटेड हुनुहुन्थ्यो । उहा अहिले त मेरो नजिकको साथि नै भइसक्नु भएको छ । उहा मेरा कामप्रति निकै चासो राख्नु हुन्छ र मेरो काममा पोजेटिभपनि हुनुहुन्छ । फ्यानहरु मेरो जन्मदिनमा बढि नै चासो राख्ने गर्नुहुन्छ । तर अहिले सम्म फ्यानहरुलाई नै चाहि मेरो बर्थ डे मा सहभागि जनाउन पाएको छैन । फेसबुक, इमेल इन्टरनेटहरुमा बर्थ डे को विस अटि नअटि आउने गरेको छ । केहि फ्यानहरुले त बर्थ डे कै अवसर पारेर प्रेम प्रस्तावपनि राखिरहेका हुन्छन् । त्यस्तै भ्यालेन्टाइन डे को दिनमा त फोन स्वीच अफ नभए ह्याङ् नै हुने गरि फोन आइरहेको हुन्छ । प्रेम प्रस्ताव त कत्ति हो कत्ति † तर ति प्रस्तावहरु फ्यानहरुले दिएको माया जस्तो मात्र हुने रहेछ । ति प्रस्तावहरु वास्ताहिन हुने रहेछ ।
कलाकारीतामा लागेदेखि अहिले सम्म पाएको महत्तवपुर्ण फ्यान चाहि प्रमिला नै हुन् । उनी मेरा फ्यान मात्र नभएर मेरो कामका लागि अविभावक जस्तो पनि छिन् । फेरी प्रमिला मात्र फ्यान हो चाहि भनेको होईन । अन्य फ्यानहरु मेरा लागि उत्तिकै हुनुहुन्छ । फ्यानहरुको माया ममता र साथ जवसम्म पाईन्छ सोहि समयसम्म कलाकारीतामा टिक्न सकिन्छ भन्ने मेरो मान्यता रहेको छ । मलाई लाग्छ कलाकारीतामा फ्यानहरुको छुट्टै स्थान हुन्छ । अन्तमा मेरा फ्यानहरुलाई दशैको विशेष रुपमा शुभकामना ।

प्रतिक्रिया