Bisal Chautari Logo

अभिनेता सुनिल थापा ‘फिल्म फेयर’ मा परेनन्

- ७ माघ २०७१, बुधबार १६:४० मा प्रकाशित


Actor Sunil Thapa film fare in the not
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ ७, बुधबार । पछिल्लो समयमा ‘फिल्म फेयर’को सर्वोत्कृष्ट सह–अभिनेताको पाचौ नोमिनेशनका लागी चर्चामा रहेका अनी प्रवल दावेदार मानिएका अभिनेता सुनिल थापा परेनन् । Actor Sunil Thapa film fare in the not
अभिनेता बलिउड सिनेमा ‘मेरी कोम’मा बक्सिङ कोचको भूमिकामा अभिनय गरेका नेपाली अभिनेता सुनिल थापा ‘फिल्म फेयर अवार्ड’को अन्तिम पाचको सुचिमा परेनन् । ‘फिल्म फेयर’ले सोमबार सार्वजनिक गरेको उक्त सुचिमा अभिषेक बच्चन(ह्यापी न्यू इयर), केके मेनन (हैदर), रितेश देशमुख (एक भिलेन), रोनित रोय(टु स्टेट्स) तथा तहिर राज बसिन(मर्दानी) पर्दा सुनिले थापा सो सुचिमा पर्न असफल रहे ।
सुनिल थापा ‘फिल्म फेयर’को सुचिमा नपरे पनि ‘मेरी कोम’बाट अभिनेत्री प्रियंका चोपडा सर्वोत्कृष्ट अभिनेत्रीमा र ‘मेरी कोम’ सर्वोत्कृष्ट सिनेमाको सुचिमा पर्न सफल भएका छन् । सुनिल थापालाई अन्तिम पाचमा पार्नका लागि नेपाली सिनेप्रेमीहरुले अनलाइन भोटिङको अभियान चलाएका थिए । फिल्मफेयर बलिउडको पुरानो फिल्म अवार्डमा पर्छ ।

प्रतिक्रिया