Bisal Chautari Logo

गायिका कला राईको ‘पान्धारे चौकी’पछी ‘लुक्स’ चर्चामा (भिडियो तथा फोटो सहित)

- ५ माघ २०७१, सोमबार १७:१९ मा प्रकाशित


Kala Rai new albam looks-2015 song Sangeeni
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, माघ ५, सोमबार । चर्चित गीत ‘पान्धारे चौकी, माया पो नलाई वा मरिन्छ कि’ बोलको गीत गाएर चर्चामा रहेकी गायिका कला राईले निकै लामो समयपछी नयाँ एल्बम लिएर आएकी छिन् । केही समय अगाडी सार्वजनिक गरेको एल्बम ‘लुक्स’को म्युजिक भिडियो अहिले चर्चामा रहेको छ । Kala Rai new albam looks-2015 song Sangeeni

लुक्स एल्बम भन्दा अगाडी ‘कला’ र ‘अफर’ लिएर दर्शकश्रोतामाझ छाइसकेकी कलाको नया एल्बममा समावेश ‘संगीनिलाई सुनाउकी’ बोलको म्युजिक भिडियो सामाजिक सञ्जाल युटुव, टेलिभिजन लगायतमा चर्चामा रहेको छ । गीतलाई सुनेर आफ्ना गीतका फ्यानहरु सामाजिक सञ्जालमा गीत राम्रो बनेको प्रतिकृया दिने गरेको बताउछिन् । गीतकार भूपाल राईको शब्द तथा संगीतकार डक्टर किरातले संगीत गरेको गीत अहिले युटुवमा करिव ३२ हजार भन्दा बढिले हेरिसकेको छ ।
उता भानेन्द्र लिम्बूको शब्द तथा अशोक राईको संगीतमा तयार भएको ‘बुकी है फुल्यो’ बोलको गीतको म्युजिक भिडियोपनि दर्शकहरुले उत्तिकै मनपराई रहेको गायिका कला राईले बताइन् । यस म्युजिक भिडियोलाई निर्देशन सञ्जय बरालले गरेका हुन् ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8064,8066,8067,8065,8062″]

६ गीत समावेश एल्बममा भूपाल राई, भानेन्द्र लिम्बू, मुकेश राई, आशुतोष राई, र विष्णु श्रापितका साथै आफ्नै शब्द रहेको छ, भने अशोक राई, डक्टर किरात, सुरेश अधिकारी, सुनील गिरी, सुवास सर्जन र राजु एन राईको संगीत रहेको छ । एल्बममा उनलाई युगल गीतमा गायक कृष्णभक्त राईले साथ दिएका छन् ।
Kala Rai new albam looks song watch :

Sangeeni – Kala Rai Ft. Priyanka Karki | New Nepali Pop Song 2015
Published on Dec 30, 2014
New Nepali Pop Song “Sangeeni” by Kala Rai
Lyrics : Bhupal Rai
Music : Daktar Kirat
Arranger : Ashok Rai
Audio : Revenge Music
Artist : Priyanka / Pushpa
Camera : Sudip Baral
Edit : Tekendra Shah
Post. : Srabodh Entertainment
Video Created by Munalshishir

प्रतिक्रिया