Bisal Chautari Logo

बिश्वको सवैभन्दा लामो कार, जसमा २६ पाङग्रा, हेलिप्याड र स्वीमिङ पुलसम्म

- १० कार्तिक २०७०, आईतवार १२:०५ मा प्रकाशित


यो विश्वको सबैभन्दा लामो कार । अमेरिकाका कस्टम कार गुरु ओहरबर्गले यसलाई बनाएको हुन, जसको लम्बाई १ सय फिट छ । यसमा २६ पाङग्रा छन । अगाडी र पछाडि एक एक ड्राइभर क्याबिन छन । एक बेड, स्विमिङ पुलदेखि हेलिप्याडसम्मको सुविधा छ यसमा ।
गिनिज बुक अफ वल्र्ड रेकर्डले यसलाई विश्वको सबैभन्दा लामो कारको मान्यता दिएको छ । ओहरबर्गसँग लग्जरी कारहरु पनि छन् । उनको कम्पनी जे ओहरबर्ग स्टार कार्स’ले फिल्म र टीभी शोका लागि यस्ता कारहरु भाडामा दिने गरेको छ । लगातार ५७ हप्तासम्म हरेक हप्ता कार किन्नेमा कार कलेक्टरका रुपमा परिचित ओहरबर्गले सबैभन्दा लामो कार आफ्नो लागि बनाएका हुन् । तर, उनले भविश्वमा फिल्म सुटिङका लागिसमेत दिन सक्ने बताइएको छ ।

प्रतिक्रिया