Bisal Chautari Logo

कन्काईष्ट राईले भृकुटि मण्डपमा सरकार ढाल्ने गाएपछी… (फोटो फिचर सहित)

- ४ माघ २०७१, आईतवार ०७:१२ मा प्रकाशित


Kankaist Rai live concert ni bhrikuti mandap fun park

Kankaist Rai live concert ni bhrikuti mandap fun park (1)


Kankaist Rai live concert ni bhrikuti mandap fun park (4)
                     kala rai

विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, माघ ४, आइतबार । पछिल्लो समयमा ‘बिरासत’ एल्बम ल्याएर चर्चामा रहेका चर्चित गायक कन्काईष्ट राईले भृकुटि मण्डपमा सरकार ढाल्ने गीत गाएपछी माहोल जमेको छ ।
प्रसंग हो गायक कन्काईष्ट राईले भृकुटि मण्डपमा आयोजना भएको प्रथम बंगुर मासु परिकार महोत्सव–२०७१को साङगीतिक कन्र्सटको । नेपाल बंगुरपालन ब्यावसायी संघले आयोजना गरेको महोत्सवमा गायक कन्काईष्ट राईले आफ्नो पछिल्लो एल्बम ‘बिरासत’ को ‘सरकार ढले ढलोस्’ बोलको गीत गाएका थिए । जस स्टेजमा कन्काईष्ट राई पुगे, त्यसपछी सरकार ढाल्ने गीतको अफर दर्शकदिर्घाबाट आउन थाल्यो । जव गायक कन्काईष्टले सरकार ढले ढलोस गाउन थाले दर्शक तथा केही आयोजकहरु स्टेजमै संगीतको तालमा झुम्न पुगे ।
त्यस्तै कन्र्सटमा कला राई, पार्वति राईले आफ्ना चर्चित गीतहरुबाट दर्शक नचाए भने पर्वन राईले उपस्थित दर्शकहरुलाई हसाए । कन्र्सटमा केही नया स्रष्ठाहरुलेपनि गाएका थिए । महोत्सव हिजो शनिबार सम्म चलेको थियो ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8044,8043,8045,8042″]

 

प्रतिक्रिया