Bisal Chautari Logo

राजेश पायलले नर्लिङ रिसोर्टमा इन्दिरालाई ‘म त मर्छु कि क्या हो जोशी’ भनेपछी… (फोटो फिचर सहित)

- ३ माघ २०७१, शनिबार १६:२७ मा प्रकाशित


rajesh payal rai and indira joshi live concert 

ब्रेकर : कार्यक्रममा गीत प्रस्तुत गरिरहदा गायक राजेश पायल राईले हिमाली जुम्लामा निर्माणधिन शान्ति स्तुपको सहयोगार्थ ५ हजार रकम सहयोग गर्ने जनाउदा सबै दर्शकहरुले तालि बजाए ।

rajesh payal rai and indira joshi live concert (1)


विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, माघ ३, शनिबार । पाश्र्व गायन तथा आधुनिक गायनका भर्सस्टाइलिस चर्चित गायक राजेश पायल राईले नर्लिङ रिसोर्टमा पछिल्लो समयका ब्यास्त गायिका इन्दिरा जोशीलाई ‘म त मर्छु कि क्या हो ठुली’ भनेपछी कन्र्सट तातेको थियो ।rajesh payal rai and indira joshi live concert (9)
rajesh payal rai and indira joshi live concert (5)प्रसंग हो, विकट हिमाली जुम्लामा निर्माणधिन शान्ति स्तुपको सहयोगार्थ ‘जुम्ला शान्ति स्तुप च्यारिटी सो को भब्य कन्र्सटको । सोनाम लोसारको अवसर पारेर जनवरी १६ अर्थात हिजो काठमाडौाको गोकर्णस्थित नोर्लिङ रिसार्टमा भब्य सांगीतिक कार्यक्रम भएको थियो । कार्यक्रमबाट उठेको रकम शान्ति स्तुप निर्माणमा खर्च गरिने आयोजकले बताएको छ ।
नलिङ रिसोर्टमा भरिभराउ दर्शकहरु कार्यक्रमको अन्यतिर पुगेका चर्चित गायक राजेश पायल राईको पर्खाइमा रहेका थिए ।rajesh payal rai and indira joshi live concert (7) पर्खाइको फल फिठो हुन्छ भनेझै गायक राजेश पायलको नाम उद्घोषकले बताउने बित्तिकै दर्शकहरुले जुरुक्कै उठेर राई इज किङ, राई इज किङ भनिरहेका थिए । स्टेजको ब्याकबाट ‘फेरी फेरी, फेरी नाई नभन्नु ल गाउदै स्टेजमा उत्रिएका गायक राजेश पायल राईले लगातार ९ वटा गीत प्रस्तुत गरे । काठमाडौको माघ महिनाको रात्रि जाडोमापनि वास्ता नगरी उफ्रिरहेका दर्शकहरु गायक राजेश पायलको स्वरमा स्वर मिलाई वान्समोर वान्समोर भनिरहेका थिए । दर्शकहरुको यस्तै वान्समोरलाई स्विकार्दै गायक राजेश पायलले क्रमश : शिलशिला, दिक्तेल बजार, मोहनी लाग्ला है, नौझाले मायाले गाए । कार्यक्रममा गीत प्रस्तुत गरिरहदा गायक राजेश पायल राईले हिमाली जुम्लामा निर्माणधिन शान्ति स्तुपको सहयोगार्थ ५ हजार सहयोग गर्ने जनाउदा सबै दर्शकहरुले वाहिवाहि दिएका थिए ।
दर्शकहरुको चाहनालाई बुझेर क्रमश गीत गाइरहेको बेला गायक राजेश पायल राईले एक्कसी गायिका इन्दिरा जोसीलाई स्टेजमा बोलाए । गायिका इन्दिरा जोशी पनि ‘मेरो लाउरे आउछ रे’ गाउदै स्टेजमा आइन् । त्यसपछी राजेश पायलले इन्दिराको हात समाउदै ‘म त मर्छु कि क्या हो ठुली’ गाए । दुई जोडीले स्टेजमा चलचित्र ठुलीको गीत प्रस्तुत गर्दा वान्समोरका कारण पुन सोही गीत ‘म त मर्छु कि क्या हो ठुली’ गाए । त्यसपछि गायक राजेश पायलले दर्शकहरुको वान्समोरलाई मध्येनजर गर्दै सिरै फुल सिरबन्दि गाए । चिसो मौसममा दर्शकहरुमाझ गीत प्रस्तुत गरिरहेका गायक राजेश पायल राईले अन्तिम गीत स्वरुप ओखरे साइला गाउदै स्टेजबाट बाहिरिए । तर स्टेज अगाडी दर्शकहरु भनिरहेका थिए, ‘वान्समोर राई इज किङ’ ।
त्यस्तै गायिका इन्दिरा जोशीले कार्यक्रममा बेहुली बोलको गीतबाट सुरुवात गरकी थिइन् । युवा पुस्तामाझ नेपाली साकीराको नामले पनि परिचित इन्दिराले सोही अनुसार आफ्ना गीतको धुनहरुसंगै कम्बर मर्काए । त्यसपछि क्रमश इन्दिराले माछि मारन हो, उध्रेको चोली रातो घागारा लगायतका गतिहरु प्रस्तुत गरे ।
त्यस्तै गायक छिरिङ गिर्मेले हिमाली सायाम्से, डोल्मा लाकङ, इङजेमो लगायत बोलको गीतहरु प्रस्तुत गरे । कार्यक्रमबाट उठेको सत प्रतिशत रकम शान्ति स्तुप निर्माणमा खर्च गरिदैछ ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8019,8027,8028,8029,8024,8023,8022,8021,8020,8026,8025,8018,8015″]

ma ta marchu ki kya ho thooli

प्रतिक्रिया