nepali movie CHOCOLATE dubbing
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ २, शुक्रबार । अभिनेत्री पूजना स्त्रीको निर्माण तथा हास्यअभिनेता निर्मल शर्माको निर्देशनमा रहेको चलचित्र ‘चकलेट’को डबिङ आजबाट शुरु गरिएको छ । राजधानीको बिजी बी स्टुडियोमा चलचित्र ‘चकलेट’को पहिलो दिनको डबिङ अभिनेता केशब भट्टराई र रंग पत्रकार समेत रहेका कलाकार सुमन गैरेले गरेको सिनेमाका निर्देशक निर्मल शर्माले बताए ।
रिलिज मिति तय नगरिएपनि छिट्टै नै रिलिज मिति तय गरेर प्रचार प्रसार शुरु गर्ने बताउदै निर्देशक निर्मल शर्माले चलचित्रको पोष्ट प्रोडक्सनको काम तिब्र रुपमा अगाडी बढाएको बताए ।
पूजना फिल्मस् प्रालिको व्यानरमा निमिर्त सिनेमामा पूजना स्त्री, नम्रता झा, आयुष्मान घिमिरे, अनुज शाक्य, सुनिता ठाकुर, कमल मैनाली, केशव भट्टराई, सुमन गैरे लगायतको अभिनय रहेको छ । राजधानीमा रहेका सडक बालबालिकाको कथालाई कथानक बनाईएको चलचित्र ‘चकलेट’मा खुश्बु गुरुङ, प्रितिमाया गुरुङ र केशव तामाङ निर्माताको रुपमा छन् । चलचित्रमा शिखर सन्तोष, अर्जुन पोखरेल, रायन कार्कीको संगीत, प्रसन्न पौडेल र बब्बु थापाको नृत्य रहेको छ छ भने सुदिप बरालको छायाँकन रहेको छ ।
प्रतिक्रिया