Bisal Chautari Logo

सुनिल रावलको ‘होस्टेल रिटन्र्स’ले नेपालमा पहिलो चोटी देखायो लाइभ प्रोमो (फोटो फिचर)

- २ माघ २०७१, शुक्रबार २०:३५ मा प्रकाशित


Sunil Rawal movie hostel returns first time in Nepal showed Live Promo
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ २, शुक्रबार । पछिल्लो समय चलचित्र चलाउन निर्माताहरुलाई निकै हम्मे पर्ने गरेको छ । तर सफल निर्माताको रुपमा ट्याग भिरेका सुनिल रावललाई भने अहिले चलचित्र चलाउन खासै हम्मे पर्दैन । निर्माता रावलको चलचित्र चलाउने प्रचार–प्रसार शैली फरक किसिमको हुने गरेको छ ।

Sunil Rawal movie hostel returns first time in Nepal showed Live Promo (1)
यस्तै क्रममा सुनिलले निर्माण गरेको पछिल्लो चलचित्र ‘होस्टेल रिटन्र्स’ले नेपालमै पहिलोपटक लाईभ प्रस्तुततीका साथ प्रोमो सार्वजनिक गरेको छ । आज शुक्रबार दिउसो राजधानीस्थित प्रज्ञा–प्रतिष्ठानको भवनमा आयोजित क्यास्पियन भ्याली कलेजको ‘वेलकम प्रोग्राम’मा चलचित्रका मुख्य कलाकारहरु सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुधाम सिके, अभय बराल, स्वस्तिमा खड्का लगायतले लाईभ प्रस्तुती दिएर प्रोमो सार्वजनिक गरेका हुन् ।
२५ वैशाखदेखि सार्वजनिक प्रदशर्नमा आउदै गरेको चलचित्रमा नयाँ स्वाद दिलाउन र प्रचार शैलीलाई समेत नयाँ ढंगले अघि बढाउन माहिर निर्माता रावलले कलेजका विद्यार्थीहरु माझ लाईभ प्रोमोसहित फष्टलुक र दुईवटा अडियो गीत समेत सार्वजनिक गरेका थिए । आजबाट प्रचारप्रसारमा उत्रिएको यो फिल्मले अब देशव्यापी प्रचार र कलेज क्याम्पियनलाई व्यापक बनाउने निर्माता रावलले जानकारी दिएका छन् । उनले फिल्म राम्रो बनेको दाबी गर्दै आजका यूवा पुस्ता र अभिभावकले हेर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा कलाकारको लाइभ प्रस्तुती र उनीहरुको संवादलाई रुचाइएको थियो । लाइभ प्रस्तुतीका क्रममा कलेजका विद्यार्थीदेखि लिएर सहभागी चलचित्रकर्मी र संचारकर्मीहरुले समेत ताली बजाएको देखिन्थ्यो ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8007,8005,8004,8008″]

सफल चलचित्र ‘होस्टेल र सायद’ निर्माण गरेर व्यवासयिक रुपमा सफल निर्माताका रुपमा चिनिएका सुनिल रावलको निर्माणमा बनेको चलचित्र ‘होस्टेल रिटन्र्स’लाई सुरज भुषालले निर्देशन गरेका हुन् । दुगिर्स फिल्मस्को ब्यानरमा बनेको ‘होस्टेल रिटन्र्स’ सफल सिनेमा ‘होस्टेल’ कै सिक्वेल हो । यस चलचित्रले विद्यार्थीको होस्टेल जीवनको कथा बोल्ने यस चलचित्रमा देशका विभिन्न भू भागबाट एउटा होस्टेलमा आएर बस्ने विभिन्न चरित्रलाई देखाइएको छ ।

प्रतिक्रिया