Bisal Chautari Logo

अझै पनि सुदर्शन र पुजाको प्रेम झल्कियो (भिडियो सहित)

- २ माघ २०७१, शुक्रबार ०८:४२ मा प्रकाशित


Sudarshan Thapa and Puza Sharma love permeated the AJHAI PANI
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ २, शुक्रबार । फागुन १५ गते देशव्यापी रिलिज हुने नेपाली चलचित्र ‘अझै पनि’को चौथो गीत रिलिज गरिएको छ । सार्वजनिक ‘के गर्दा मिल्छ मिठो पिरती’ बोलको गीतमा सुदर्शन थापा र पुजा शर्माको प्रेम झल्किएको छ । Sudarshan Thapa and Puza Sharma love permeated the AJHAI PANI (1)
गीतले प्रेममा रमाएको जोडीलाई चित्रित गरेको छ । प्रस्तुत गीतमा डा.कृष्णहरी बरालका शब्द तथा महेश खड्काको संगीत रहेको छ । गीतमा दिपक लिम्बु र शाहिमा श्रेष्ठले स्वर दिएका छन् ।
चलचित्र अझै पनिलाई स्व. निर्देशक आलोक नेम्वाङले निर्देशन गरेका हुन् । यो चलचित्र आलोकको अन्तिम चलचित्र हो । सामाजिक प्रेम कहानीमा आधारित यो चलचित्र सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन् । चलचित्रले नेपाली समाजका केहि भोगिएका तर नदेखिएका घटनालाई पर्दामा प्रस्तुत गर्ने बताईएको छ ।Sudarshan Thapa and Puza Sharma love permeated the AJHAI PANI (2)
चलचित्रमा सुदर्शन र पुजासगै सुरक्षा पन्त, प्रमिला खनाल, पुष्पा खड्का, विशाल ढुङगाना, बिपना धिमाल, मिथिला शर्मा, विजय लामा, रामशरण पाठक लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया