Bisal Chautari Logo

चलचित्र ‘इच्छा’लाई यूनिभर्सल प्रमाणपत्र, उपत्यका बाहिर माघ १ रिलिज

- २९ पुष २०७१, मंगलवार ०९:१८ मा प्रकाशित


Nepali Movie Ichchha to Universal Certificate
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २८, सोमबार । राजधानीमा माघ २ मा रिलिज हुने नेपाली चलचित्र इच्छा उपत्यका बाहिर भने माघ १ गते नै रिलिह हुनेछ । माघी पर्व (माघे संक्रान्ती)लाई मध्यनजर गर्दै उल्लेख्य दर्शक हलसम्म ल्याउने उद्देश्यले चलचित्र माघ १ मा नै मोफसलमा रिलिज गर्न लागिएको निर्देशक मुनाल घिमिरेले बताएका छन् ।

Nepali Movie Ichchha Official Trailer #2 Dayahang Rai & Subash Thapa
फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाईएको यो चलचित्रलाई यसअघि दुई सफल चलचित्र ”आफ्नो मान्छे आफ्नै हुन्छ” र ”श्रीमान– श्रीमती”लाई निर्माण गरेका मुनाल घिमिरेले निर्देशन गरेका हुन् । यो चलचित्र नै घिमिरेको पहिलो निर्देशन हो ।

चलचित्रमा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको बताईएको छ । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

निर्देशक मुनाल घिमिरे तथा लेखक प्रकाश घिमिरेसँगको अन्तर्वार्ता

प्रतिक्रिया