Bisal Chautari Logo

आर्यनको ‘अलबिदा’ हेर्न निखिल हलमा || हसनको अभिनय मनपराए (फोटो फिचर सहित)

- २८ पुष २०७१, सोमबार २१:०७ मा प्रकाशित


Hassan Khan liked acting Movie Alvida nikhil upreti
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २८, सोमबार । अभिनेता आर्यन सिग्देलले अभिनय गरेको पछिल्लो रिलिजमा आएको चलचित्र ‘अलबिदा’लाई अभिनेता निखिल उप्रेतीले हेरेका छन् । काठमाण्डौमा आयोजना भएको प्रेस शोमा निखिल उप्रेती देखिए । तर अभिनेता आर्यन भने छायांकनमा नै व्यस्त बने ।

Hassan Khan liked acting Movie Alvida nikhil upreti
अभिनेता निखिलले चलचित्र हेरेपछि आफूलाई सिनेमा अत्यन्त मन परेको बताए । उनले निर्माता तथा नव अभिनेता हसन खानको अभिनयको पनि तारिफ गरे । उता दर्शकहरुको समेत प्रसंसा पाइरहेका नव अभिनेता हसन खान एक्सन किङ निखिलले तारिफ गरेपछि अझ बढि उत्साहित देखिएका छन् ।Hassan Khan and Anita Acharya Movie Alvida (3)
देशभरका विभिन्न हलमा प्रदर्शनमा आएको लक्ष्मण रिजाल निर्देशित चलचित्र ‘अलबिदा’ले औषत व्यापार गरेको छ । कम हल, देशभरका विभिन्न स्थानमा भैरहेको बन्दले चलचित्रको व्यापारलाई प्रभाव पारेको देखिन्छ । तर निर्माता खान भने आफू व्यापारबाट सन्तुष्ट रहेको बताउछन् । उनले सिनेमाको व्यापारबाट आफू सन्तुष्ट रहेको भन्दै दर्शक तथा चलचित्रकर्मीले आफ्नो काम रुचाएको बताए ।
चलचित्र अलबिदामा अभिनेता आर्यन र हसनको साथमा अनिता आचार्य सिनेमामा मुख्य भूमिकामा छिन् । मुस्लिम र हिन्दुको कथा भन्ने यो चलचित्रमा आर्यन प्रहरीको भूमिकामा देखिएका छन् ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”7938,7942,7941,7939,7940,7935″]

New Nepali Movie Alvida | Aaryan Sigdell | Hassan Khan | Anita Acharya

प्रतिक्रिया