Bisal Chautari Logo

विशेष शोमा रुचाइयो ‘तथास्तु’ || छविले रेखालाई सिनेमा सफलताको बधाई दिए (फोटो फिचर)

- २७ पुष २०७१, आईतवार २०:५४ मा प्रकाशित


actress Rekha Thapa’s movie Special premiere of ‘tathastu’ liked
विशाल चौतारी समाचार
तस्विर : विशाल राई
काठमाडौ, २०७१, पौष २७, आइतबार । चर्चित अभिनेत्री रेखा थापाद्धारा अभिनित चलचित्र तथास्तुको आज दरबार मार्ग राईजिङ मल स्थित क्युज सिनेमा हलमा विशेष शोको आयोजना गरिएको छ । सोही अवसरमा निर्देशक सविर श्रेष्ठको निम्तोलाई स्वीकार गर्दै निर्माता छविराज ओझा चलचित्र हेर्न हलमा उपस्थित रहेका थिए ।

actress Rekha Thapa's movie Special premiere of 'tathastu' liked (1)
अभिनेत्री रेखा र छविको सम्बन्धविच्छेद भए पश्चात सम्बन्ध राम्रो नभएका कारण निर्माता छविको उपस्थितीले सबैलाई चकित बनाएको थियो । निर्माता छविले रेखालाई देखेपछि केही असजिलो मान्दै भएपनि चलचित्र सफलताको बधाई दिए । साथै एकआपसमा हात मिलाउदै एकसाथ तस्विर पनि खिचाए । यस भन्दा अगाडी कुनैपनि कार्यक्रमहरुमा यी दुई जोडी यसरी देखिएका थिएनन् । 
चलचित्रको विषेश शोमा अभिनेत्री रेखा थापा आफ्नी आमा, दिदी तथा केही आफन्तहरुको साथमा पुगेकी थिइन । छविले पनि रेखाकी आमालाई नमस्कार गरेर अन्य आफन्तलाई राम्रो नराम्रो पनि सोधे । actress Rekha Thapa's movie Special premiere of 'tathastu' liked (1)
चलचित्र ‘अलबिदा’ हेरेर निस्केका छविले रेखा र आर्यन सिनेमामा आफूले जन्माएका छोराछोरी भएकाले दुबै सिनेमा हेर्न आएको प्रतिक्रिया मिडियालाई बताए । दुबै सिनेमा हेरेका छविलाई सिनेमा कस्तो लाग्यो ? भन्ने प्रश्नमा केही नबोल्ने बताए । उनीहरुको अभिनय कस्तो लाग्यो भन्ने प्रश्नमा भने दुवैले राम्रो काम गरेको प्रतिक्रिया दिए । 
निर्देशक सविर श्रेष्ठको निर्देशनमा बनेको यो चलचित्रमा रेखा थापा मुख्य भूमिकामा छिन् । उनको साथमा सुवास थापा, किशोर खतिवडा र विज्ञान जोशीपनि मुख्य अभिनयमा देखिएका छन् । नारी हिंसा र बदलाको कथा भन्ने यो चलचित्रलाई आमन्त्रित अतिथीहरुले रुचाए । 
चलचित्र हेर्न अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की, बेनिशा हमाल, हास्यकलाकारद्धय दीपकराज गिरी, निर्मल शर्मा र दीपाश्री निरौला पनि उपस्थित रहेका थिए । त्यस्तै विशेष शोमा रंग पत्रकार, चलचित्रका युनिट तथा केही अतिथिका रुपमा कलाकारहरु उपस्थित रहेका थिए । उपस्थित पत्रकार तथा कलाकारहरुले सिनेमा राम्रो रहेको प्रतिकृया दिए ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”7915,7914,7919,7918,7917,7916,7912″]

प्रतिक्रिया