Bisal Chautari Logo

जापानी फिल्म ‘सूर्यमुखी फूल’ नेपाल प्रदर्शनमा भिडियो सहित)

- २७ पुष २०७१, आईतवार ०७:५९ मा प्रकाशित


Japanese film HIMAWARI translated in Nepali language
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २७, आइतबर । योशीहिरो ओइकावाद्वारा निर्देशित जापानी फिल्म ‘हिमावारी’ नेपाली भाषामा ‘सुर्यमुखी फूल’ शिर्षक दिएर अनुवादित गरिएको छ । नेपाली नाम दिएर जापानी फिल्म पहिलो पटक नेपालमा प्रदशर्न हुने भएको छ । नेपालको सब टाइट्लिङ रेड ९किन्डल स्टुडियो चक्रपथ० मा भएको हो ।Japanese film HIMAWARI translated in Nepali language
यो फिल्मलाई अब नेपाल र जापान दुवै देशमा देखाउने तयारी गरिएको छ । नेपाली यूवाहरुले उच्च शिक्षा अध्ययनका लागी जापानलाई राम्रो गन्तव्यको रुपमा लिने गरेका छन् । दुवै देशका यूवाहरुले एकअर्काको संस्कृतिलाई आदानप्रदान समेत गर्नेगर्छन् । तर यो संगसंगै दुवै देशविच संस्कृतिमा गलत बुझाई पनि रहेकाले यो फिल्मलाई नेपालीमा अनुवाद गरेर देखाउन लागिएको बताइएको छ । सादातोशी ओशिहिरो, कोदा यमादा र योशिका गिनोजाको सँयुक्त लेखन रहेको यो फिल्ममा योजो नगतसुका, केन्टा सुगा, रेना नौनिन र सकि फुकुदा लगायतका जापानी कलाकारहरुलाई फिचर गरिएको छ । १ सय १० मिनेट लामो यो फिल्मको कथा अमेरिका र जापानविचको विश्वयुद्धविच घुमेको छ । फिल्म आगामी जनवरी २६ देखि रिलिजमा आउने जानकारी दिइएको छ ।
यसैगरी नेपालका लागि फिल्मको वितरक पक्का नभइसकेको बताइएको छ । नेपाल र जापानसंगै यो फिल्मलाई नेपालीको वसोवास रहेको विभिन्न देशहरुमा पनि प्रिमियर गर्ने तयारी भइरहेको बताइएको छ ।
‘अनुवादित फिल्मलाई पहिला जापानमा देखाउने छौं’, एशिया फ्रेन्डशिप एशोसिएसनका अध्यक्ष अनोज शाक्यले भने । शाक्य विगत २५ वर्षदेखि जापानमा रहेर फिल्म अनुवादकै काम गर्दै आएका छन् । एशिया फ्रेन्डशिप एशोसिएसन पनि संस्कृति आदानप्रदान सम्वन्धि संस्था रहेको बताइएको छ ।a

प्रतिक्रिया