Bisal Chautari Logo

राजेशपायलको सहयोगमा, दृष्टिविहिन कृष्णभक्त विश्वव्यापि पियानो फेटिवलमा

- २२ कार्तिक २०७०, शुक्रबार १०:०४ मा प्रकाशित


२२ कात्तिक, काठमाडौ । दृष्टिविहिनहरुको तेस्रो विश्वव्यापि पियानो फेष्टिवल २०१३ का लागि पियानो बाधक कृष्ण भक्त राई नेपालबाट छनौटमा परेका छन् । नोभेम्वर १४ तारिकमा अष्ट्रियामा हुन लागेको विश्वव्यापि पियानो प्रतियोगितामा राईले पियानो बजाउने भएको हुन् । चर्चित गायक राजेशपायल राईको कमलपोखरी स्थित रोदुङ रेष्टुरेन्टमा आयोजित प्रेस विज्ञप्ति कार्यक्रममा सो बारेमा जानकारी गराइएको थियो ।
हरेक ४–४ वर्षमा हुने यस पियानो प्रतियोगितामा नेपालको पहिलो सहभागितापनि रहेको छ । जापानबाट जिवनराज भण्डारी र नेपालका तर्फबाट गायक राजेशपायलको कोर्डिनेशनमा राई सहभागिता गराउन लागिएको हो ।
                    भिडियोपनि हेर्नुहोस्                          

नेपाल जापान ओलम्पिक अर्गनाईजेशनको आयोजित कार्यक्रममा बोल्दै चर्चित गायक राजेशपायलले कष्ण भक्तको प्रतिभाको कदर गर्दै सहयोग गरेको बताए । भने–‘उहा दृष्टिविहिन भएपनि, उहाको प्रतिभालाई हामिले सधै कदर गर्नुपर्छ, अन्य कलाकारहरुलाईपनि म आग्रह गर्न चाहान्छु ।’ यस प्रतियोगिता जितेमा ३ लाख युरो पाउनेपनि कार्यक्रममा बताईएको थियो । धनकुटामा जन्मिएका कृष्ण भक्त सारङ्गिबाट वाजाहरु बजाउन सुरु गरेका बताए । अहिले सो यात्रा पियानो सम्म आईपुग्दा २२ वटा वाजाहरु ब्जाउन सक्ने गायक भक्तले बताए ।

प्रतिक्रिया