Bisal Chautari Logo

प्रेस शोमा कलाकार तथा पत्रकारहरुले ‘आभाष’ रुचाए

- २५ पुष २०७१, शुक्रबार १९:०३ मा प्रकाशित


Press premiere artists and journalists ‘Aavash’ liked

Press premiere artists and journalists 'Aavash' liked
NISHA ADHIKARI and NEELIMA SHARMA movie Aavashविशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, पौष २५, शुक्रबार । आजबाट देशभरका करिब ५० वटा हलमा प्रदर्शनमा आएको चलचित्र ‘आभाष’ले प्रेस शोको आयोजना गरेको थियो । काठमाण्डौको बीग सिनेमामा आयोजना गरिएको प्रेस शोमा रंग पत्रकाहरुको साथमा केही नेपाली चलचित्रका कलाकार पनि पुगेका थिए ।ASHMA DC movie Aavash (1)
प्रस शोमा अभिनेत्रीद्धय केकी अधिकारी, बेनिशा हमालसहित सिनेमाका कलाकारहरु निशा अधिकारी, सलोन बस्नेत, आश्मा डीसी, सुनिल रावल र फेसन डिजाइनर निलिमा शर्मा प्रेस शोमा देखिए । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो चलचित्रलाई पत्रकार तथा कलाकारले रुचाएका छन् । सिनेमा हेर्ने सबैले चलचित्रको सिनेम्याटोग्राफिको तारिफ गरेका छन् ।
उता यही चलचित्रबाट डेब्यु अभिनेत्री आश्मा डीसीले पनि प्रेस शोमा उपस्थित सबैको मुखबाट धेरै राम्रो काम गरेको प्रतिकृया पाइन् । अभिनेत्री आस्माले चलचित्रबाट पाएको प्रतिक्रियाले आफू अत्यन्त उत्साहित भएको बताइन् ।
उता अभिनेता सलोन बस्नेतको अभिनयको पनि तारिफ भएको छ । कसैकसैले त अभिनेता सलोनले सिनेमामा सबैभन्दा बढी राम्रो काम गरेको समेत सुन्न पाइयो । त्यस्तै निर्देशक सुरेन्द्र पौडेलले दर्शक तथा पत्रकारबाट प्रतिक्रिया पाएर आफूले गरेको काम सफल भएको ठानेको बताए ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”7879,7876,7880,7877,7878″]

प्रतिक्रिया