Bisal Chautari Logo

पहिलो एल्बमको चर्चा नसेलाउदै गायक मनोज महतो थारु भाषाको चलचित्रमा गीत रेकर्डिङ गराउन ब्यास्त

- २५ पुष २०७१, शुक्रबार ०५:४४ मा प्रकाशित


Singer Manoj Mahato Tharu language film recordings, to busy
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, पौष २५, शुक्रबार । अहिले चर्चामा आएका पहिलो एल्बम ल्याउने गायकहरु मध्ये मनोज महतो अगाडी छन् । गायक मनोज महतोले एल्बम ल्याएको करिव महिनादिन नबित्दै विभिन्नि गीत रेकर्डीङमा ब्यास्त बनेका छन् । Singer Manoj Mahato Tharu language film recordings, to busy (1)
यस्तै क्रममा गायक मनोज महतो २०४६ सालमा निर्माण भएको थारु भाषाको पहिलो चलचित्र ‘करम’ को पार्ट २ सिक्वेल ‘करम वीर’ को गीत रेकर्डिङमा ब्यास्त बनेका छन् । हिजो प्राइम स्टुडियोमा ‘सिरुवा पावैन’ बोलको गीत गायक मनोज महतोसंगै नव गायिका समिक्षा चौधरीले रेकर्ड गराएका छन् ।Singer Manoj Mahato Tharu language film recordings, to busy (3)
अहिलेका ब्यास्त संगीतकार बिकाश चौधरीको संगीतमा रहेको गीतलाई चलचित्रका प्रोड्युसर, अभिनेता रामलाल चौधरीले रचना गरेका हुन् । यसै चलचित्रका अन्य दुई गीत ‘बचपनके साथी र ए मोवाइल वाली’ बोलको गीत रेकर्डिङपनि हुदैछ ।Singer Manoj Mahato Tharu language film recordings, to busy (2)
परशुराम चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘करम वीर’ माघको पहिलो हप्ता सुनसरीबाट सुटिङ सुरु गर्ने चलचित्रका निर्माता रामलालले बताए । चलचित्र नेपाल म्याक्स तथा सुनसरी फिल्मस् प्रोडक्सनको संयुक्त प्रस्तुतीमा बन्न लागेको हो ।

 

प्रतिक्रिया