Bisal Chautari Logo

मेरा फ्यानहरु विवाह डिभोर्स गर्नुहोस्, विवाह गरौ भन्छन्–झरना थापा

- २३ कार्तिक २०७०, शनिबार १३:५६ मा प्रकाशित


विशालसंग फ्यान संवाद्ध
२३ कात्तिक, काठमाडौ । १५ वर्षको चलचित्र यात्रामा जुन इज्जत कमाएकी छु, सबै फ्यानले नै दिनुभएको हो । मेरा लाखौँ फ्यानलाई कुनै पनि आथिर्क मूल्यसँग दाँज्न सक्दिनँ । यतिका फ्यान लाखौँ डलर खचिर्ए पनि किन्न सकिँदैन । त्यसैले आफूलाई एकदमै भाग्यमानी ठान्छु । मलाई दु :ख दिनेभन्दा पनि हौसला दिने फ्यान बढी छन् । फ्यानहरले मायाको प्रस्ताव राखे आइ लभ यु टु भनिदिन्छु । सौन्दर्यको तारिफ गर्दै अहिले पनि थुप्रै प्रेमप्रस्ताव आउँछन् । यी प्रस्तावले मलाई कलाकारितामा समपिर्त हुन झन् ठूलो हौसला प्रदान गर्छन् ।
फेसबुक र ट्विटर फ्यानहरसँग नजिकिने सजिलो माध्यम बनेका छन् । यी माध्यमबाट फ्यानहरसँग कुराकानी गर्न सहज भएको छ । हरेक दिनको केही समय फ्यानसँग नजिकिन अनलाइन बस्छु । पहिलेपहिले नयाँ चलचित्र हलमा लाग्दा, महोत्सवमा अनि आउटडोर सुटिङका बेला मात्र फ्यानहरसँग भेट हुन्थ्यो । एकअर्कालाई प्रत्यक्ष भेट्न पाउँदा दुवै पक्ष बडो उत्साहित हुन्थ्यौँ, रमाइलो लाग्थ्यो ।
केही समयअघिसम्म फ्यानहर अटोग्राफ माग्थे, अहिलेचाहिँ एकचोटि ‘हग’ गर्न चाहन्छन् । बूढापाकादेखि बच्चासम्मले अभिनयको तारिफ गर्दै ‘एकचोटि हग गरौँ न’ भनिरहेका हुन्छन् । कोहि कोहि फ्यान तँ मेरो विवाह डिभोर्स गर्नुहोस्, विवाह गरौ भनेर दिक्क लगाई रहेका हुन्छन् । यो अवधिमा मलाई सबैभन्दा विशेष लागेकी फ्यानचाहिँ सुस्मिता हुन्, उनको थर बिसिर्एछु । उनले मैले खेलेका सबै चलचित्रको सिडी सुरक्षित राखेकी छन् भन्ने उनकी आमाले बताउनुभएको छ । करिब ८ महिनाअघि चलचित्र कृष्णको सुटिङमा उनलाई भेटेँ । उनी अहिले १२ वर्षकी भइन् । म पोखरा आउने खबर थाहा पाएपछि उनी स्कुलै नगई आमासँग सुटिङ हेर्न आइछन् । प्रत्यक्ष भेट्न पाउँदा एकदमै एक्साइटेड थिइन् । मैले उनलाई सोधेँ, भविष्यमा के बन्छयौ ? उनले भनिन्– ‘झरना थापा बन्न चाहन्छु ।’ उनको उत्तरले म निकै प्रभावित भएँ । आमाले बताएअनुसार मेरो चलचित्र हेरेपछि करिब पाँच वर्षअगाडिदेखि उनले यसै भनिरहेकी छन् रे । उमेर सानै भए पनि उनले मेरो अभिनयको निकै प्रशंसा गरिन् । लाग्छ– उनी जीवनमा ठूलै व्यक्ति बन्नेछिन् । म चाहन्छु पनि त्यही ।
त्यसो त नयाँ फिल्म चल्ने बेलामा पनि फ्यानहरले निकै सहयोग गरिरहेका हुन्छन् । फेसबुक, ट्विटरमार्फत मेरो फिल्म हेरिदिन साथीहरलाई अनुरोध गर्छन् । बर्थ डेमा विस गर्ने प्रशस्तै हुन्छन् । फ्रेन्डसिप डेमा चाहिँ बढीजसो प्रेम प्रस्ताव राख्छन् । अनि भनिरहेका हुन्छन्, ‘आफ्नो स्वास्थ्यको ख्याल राख्नु है ।’ प्रेम झल्किने खालका यी व्यवहारलाई म अनर्थ रपमा लिन्नँ । कोही फ्यानहर मेरो घर जान मन लागेको पनि बताउँछन् । त्यसैले केही समयअघि मैले आधा दर्जन फ्यानलाई आफ्नो घर लागे । उहाँहर एकदमै खुसी हुनुभयो । उहाँहरको मुहारमा खुसी देख्दा मलाई पनि खुसी लाग्छ ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया