Bisal Chautari Logo

जातीय पहिचानका पक्षमा जनजाति आन्दोलन चर्कदैं

- २३ पुष २०७१, बुधबार १५:३० मा प्रकाशित


Indigenous movement’s modus operandi in favor of ethnic identity
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २३, बुधबार । संविधानसभाको समय तालिका नजिकिदैं जादा आदिवासी जनजाति आन्दोलन चर्कन थालेको छ । जातीय पहिचान सहितको संघीय नयाँ संविधानको माग गर्दै जनजाति आन्दोलन चर्कन लागेको हो । Indigenous movement's modus operandi in favor of ethnic identity
अब बन्ने नयाँ संविधानमा राज्यका हरेक अंङ्ग, निकाय र तहमा आदिवासी जनजातिको जातीय जनसंख्याको आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनपर्ने, भू–स्वामित्वमाथीको अधिकार आदिवासी जनजातिमा निहित हुनुपर्ने लगायतका माग सहित आदिवासी जनजाति आन्दोलन निरन्तर चलिरहेको छ । देशको सबैभन्दा धेरै हिस्सा ओगटेका आदिवासी जनजातिको प्रतिनिधित्व नै राज्यको हरेक अंङ्ग, तह र निकायमा हुन नसक्नु राज्य र प्रमुख राजनीतिक दलको असमावेशी चरित्रले भएको नेपाल आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाललका प्रवक्ता प्राध्यापक डाक्टर ओम गुरुङले बताए । उनले भने, ‘नयाँ बन्ने संविधानमा आदिवासी जनजातिका हकअधिकार ग्यारेन्टी नभए जनजाति आन्दोलनले आँधिबेहरीको रुप लिनेछ ।’ अल्पसंख्यकहरुले बहुसंख्यकमाथी शासन गरीरहेको स्मरण गराउदैं बहुसंख्यक आदिवासी जनजातिले चाहेको पहिचान सहितको संघीय संविधानको विकल्प नरहेको नेकपा माओवादी बैद्य पक्षका संगठन सचिव देब गुरुङले बताए ‘अकुपाइ बानेश्वर’ अभियानको दोस्रो दिन तमूवान, मगरात, शेर्पा स्वायत्त प्रदेश लेखिएको ब्यानरका साथमा जातीय पहिचान झल्कने साँस्कृतिक नाच र गीत समेत प्रस्तुत गरीएको थियो । दोस्रो चरणको आन्दोलन चर्काइरहेका आदिवासी जनजातिहरुले आफ्नो माग र मुद्दाप्रति राज्य र प्रमुख राजनीतिक दलले गर्ने रेस्पोन्सका आधारमा अन्य आन्दोलनका कार्यक्रमहरु तय गरिने बताएको छ । ‘अकुपाई बानेश्वर’ पुस २४ गतेसम्म विहान ११ बजेदेखि बेलुका ४ बजेसम्म प्रदर्शन गरिने बताइएको छ ।

प्रतिक्रिया