Bisal Chautari Logo

निर्माता निकेश भन्छन् : चलचित्र ‘रातो घर’ले मनोरञ्जनसंगै सामाजिक जनचेतना फैलाउनेछ

- २३ पुष २०७१, बुधबार ०७:०५ मा प्रकाशित


Nikesh Limbu movie RATO GHAR

ब्रकेर : ‘चलचित्र ‘रातो घर’ बाट चलचित्र क्षेत्रमा एक सफल भन्दापनि असल निर्माताको रुपमा स्थापिथ हुने अपेक्षा छ ।’

Nikesh Limbu movie RATO GHAR (1)

विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २३, बुधबार । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा निर्माताहरुको आगमन बढ्दो रहेको छ । उता एक दुई ओटा सिनेमा निर्माण गरेर चलचित्रको ब्यापारमा सुन्य भएपछि यस क्षेत्रबाट सन्यास लिनेहरुको क्रमपनि बढिरहेको छ । यस्तै क्रममा नेपाली चलचित्र क्षेत्रलाई योगदान गर्नका लागी चलचित्र निर्माणमा आएका छन्, निकेश लिम्बु । सफल चलचित्र ‘हसिया’ मा सह निर्माता मार्फत नेपाली चलचित्रमा आगमन भएका निकेश अहिले सुरज सुब्बा नाल्बो निर्देशित ‘रातो घर’ का निर्माता हुन् । उनै निर्मातासंग विशाल चौतारी डटकमले गरेको छोटो अन्र्तवार्ताको अंश :
कसरी चलचित्र निर्माणमा हात हल्नु भो ?
सानै देखी फोटोग्राफी प्रतिको मोह र नेपाली चलचित्र क्षेत्र को लागि केहि गरौ भन्ने सोचले गर्दा चलचित्र निर्माणमा हात हाल्छु भन्ने थियो । यसै सिलसिलामा चलचित्र हसियामा सह नीर्माता को रुपमा आए । हसियाको सफलताले अब नेपाली चल्चित्रमा निरन्तर्ता दिनु पर्छ भन्ने भएर चलचित्र रातो घर निर्माणमा लागे ।
चलचित्र ‘रातो घर कस्तो चलचित्र हो ?
चलचित्र भनेको मनोरन्जन मात्र होईन बिचार पनि हुनु पर्छ । रातो घर्, समाजमा भएको घटना, हत्या, हिंसा कालो बजार यस्तै नराम्रा कार्य या गतिबिधीहरुलाई सही बाटो या मार्ग दर्शन दिने, जनचेतनामुलक चलचित्र हो ।Nikesh Limbu movie RATO GHAR (2)
रातो घर बाट के अपेक्षा राख्नु भएको छ ?
यस चलचित्रले मनोरन्जन मात्र होईन समाजिक म्यासेज दिने भएकाले रातो घर बाट चलचित्र क्षेत्रमा एक सफल भन्दापनि असल निर्माताको रुपमा स्थापिथ हुने अपेक्षा छ ।
चलचित्रको लगानी उठ्नेमा कत्तिको को बिश्वस्त हुनुहुन्छ ?
म ढुक्क छु । किनकी चलचित्रमा मैले सकारात्मक सोचले लगानी गरेको छु । कुनै फाइदाको लागी होइन ।
यस चलचित्रपछिको योजना के छ ?
मेरो चलचित्र क्षेत्रमा नीरन्तरता भईरहने छ । सकेसम्म बर्ष म एउटा चलचित्र निर्माण गने मनसायमा छु ।
अन्तमा केही भन्न चाहानुहुन्छ ?
भन्ने सबै माथि भनिहालियो । धेरै बोल्ने भन्दापनि गरेर देखाउनुपर्छ भन्ने मेरो मानसिकता हो । यती भन्न चाहान्छु, नेपाली चलचित्रलाई माया गरौ ।

Movie Genre : Comedy, Action, Thriller
Starring : Wilson Bikram Rai, Gaurav Pahadi, Sayam Puri
Producer : Takme Production
Director : Suraj Subbha Nalbo
Expected Date of Release : N/A

प्रतिक्रिया