Bisal Chautari Logo

आर्यन, हसन र अनिताको ‘अलबिदा’लाई युनिभर्सल प्रमाण पत्र

- २३ पुष २०७१, बुधबार ०६:०९ मा प्रकाशित


Aaryan Sigdel, hassan raza khan and  anita acharya of the movie alvida to Universal certificate
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २३, बुधबार । यही पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अलबिदा’ले युनिभर्सल प्रमाणपत्र पाएका छ । चलचित्रलाई अब सबै बर्गका दर्शकले हेर्न पाउने भएका छन् । Aaryan Sigdel, hassan raza khan and  anita acharya of the movie alvida to Universal certificate
हिजो मंगलबार सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरेपछि अलबिदालाई युनिभर्सल सटिफिर्केट दिएका हुन् । चलचित्रले युनिभर्सल सटिफिर्केट पाएपछि उत्साहित हुदैं चलचित्रका निर्माता तथा कलाकार हसन खानले चलचित्र अलबिदालाई सेन्सरका सदस्यहरुले पनि निकै रुचाएको बताए ।
चलचित्र ‘अलबिदा’मा आर्यन सिग्देल, हसन खान र अनिता आचार्यको मुख्य भूमिका छ । एचआरके प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको यो चलचित्रको कथा निर्माता तथा अभिनेता हसन खानले नै लेखेका हुन् । चलचित्रमा अष्ट महर्जनको दन्द्धनिर्देशन, रामेश्वर कार्कीको छायांकन, लक्ष्मण रिजाल र विशाल सापकोटाको पटकथा तथा बिपिन मल्लको सम्पादन रहेको छ । चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया