wilson bikram rai Nepali movie KILLA
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २२, मगलबार । चलचित्र ‘किल्ला‘ले प्रदर्शन मिति सार्वजनिक गरेको छ । फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई मेचे फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो ।
चलचित्रमा अभिनेता सुवास मेचे दन्द्धात्मक भूमिकामा देखिएका छन् । चलचित्रमा उनी बाहेक हास्य अभिनेता विल्सन विक्रम राई, सरभी जैन, पुकार भट्टराईको मुख्य भूमिका छ । चेलिबेटी बेचबिखन, राजनीति, भ्रष्टाचार र राष्ट्रियताको बिषयलाई उठान गरेको यो चलचित्रलाई दन्द्ध निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् । चलचित्रमा विकास चौधरीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ ।
प्रतिक्रिया