Dinesh Dc produced and directed cinema ‘Fhool lai Fhool ko Mausam Timilai| FFMT
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २२, मगलबार । नेपाली नया बर्ष २०७२ को छेकोमा नेपाली चलचित्र ‘फुलै फुलको मौसम तिमीलाई’ चैत २७ गते रिलिजमा आउने भएको छ ।
चलचित्र निर्देशक समाजका अध्यक्ष समेत रहेका दिनेश डीसीले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ले केही दिन अगाडी मात्र चैत्र २७ मा प्रदर्शन मिति तय गरेको हो । नीता ढुंगाना र आमेष भण्डारीको मुख्य भूमिका रहेको यो चलचित्र प्रेम कथामा आधारित छ । यो चलचित्रलाई मनोज राठी र उज्जवल पौडेलले वितरण गर्नेछन् ।
उता यही मितिमा छविराज ओझाको ‘हवल्दार सुन्तली’, विकास आचार्यको ‘नाई नभन्नु ल ३’ र निर शाहको ‘सेतो वाघ’ प्रदर्शनमा आउने पक्का भैसकेको थियो । दीनेश डीसीको यो चलचित्रलाई पनि धेरैले प्रतिक्षा गरेका छन् ।
प्रतिक्रिया