Bisal Chautari Logo

संयमको ‘आभाष’ :- ‘सुनिल दाई मलाई आफ्नै दाइ जस्तो लाग्छ’

- २० पुष २०७१, आईतवार ०५:१९ मा प्रकाशित


sunil rawal and samyam puri

सायदपछी सुनिलसग संयमको ‘आभाष’ फेरी एकसाथ पर्दामा

विशाल चौतारी समाचार
खोटाङ, २०७१, पौष २०, आइतबार । दुगिर्स फिल्मसको ब्यानरमा सुरज सुब्बा (नाल्बो) को निर्देशनमा तयार भएको चलचित्र सायदमा एकसाथ ठुलो पर्दामा देखिएको जोडी अर्थात सायदका निर्माता सुनिल रावल र अभिनेता संयम पुरी फेरी एकसाथ पर्दामा देखिएका छन् । sunil rawal and samyam puri (1)
पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र ‘आभाष’मा संयम पुरी र सुनिल रावल एकसाथ देखिएका छन् । अभिनेता संयम पुरीले कुराकानी गर्दै भने–‘सुनिल दाईसग काम गर्न पाउदा आफुलाई औधी खुसी लाग्छ । सुनिल दाई मलाई आफ्नै दाई जस्तो लाग्छ, मलाई हरेक कुरामा सम्झाउनु हुन्छ, बुझाउनु हुन्छ, त्यसैले उहाको माया र न्यानो साथले नै आज म यस ठाउसम्म आईपुगेको छु’, अभिनेता संयमले बताए । करिब ३ बर्ष अघि निर्माण भएको चलचित्र सायदमा सुनिल रावलले संयमको दाईको भुमिका निभाएका थिए ।sunil rawal and samyam puri (2)
त्यसपछि यि जोडी अब पुष २५ गते प्रदर्शन हुन लागेको चलचित्र आभाषमा समेत एकसाथ देखिदैंछन् । त्यस्तै निर्माता तथा अभिनेता सुनिललेपनि कुराकानिको क्रममा भने–‘संयम नेपाली चलचित्र क्षेत्रको एक आशालाग्दो कलाकार हो मैले उसको आखामा एक सुपरस्टार देखेको छु । साच्चै भन्नु पर्दा संयमले सबैको मनछुने अभिनय गर्ने माहिर छ’, निर्माता सुनिलले बताए ।
बैकिंक पेशा अपनाएका सुनिल रावल सायद चलचित्रबाट नै उनी निर्माताका रुपमा परिचित भएका हुन् । त्यसपछि उनले होस्टेल निर्माण गरेका थिए । अब उनले निर्माण गरेको अर्को चलचित्र ‘होस्टेल रिटन्र्स’ यति बेला पोष्ट प्रोडक्शनमा रहेको छ । अब अगामी बन्ने चलचित्रहरुमा संमयलाई नै आफुले निर्माण गर्ने चलचित्रमा कलाकारको रुपमा राख्ने समेत सुनिलले बताए ।
पुष २५ गते प्रदर्शन हुन लागेको चलचित्र ‘आभाष’मा संयम पुरी, आष्मा डिसी, सलोन बस्नेत, निशा अधिकारी, प्रकृति श्रेष्ठ, सुनिल रावल, गोविन्द शाही लगायतका कलाकारहरुले अभिनय गरेका छन् । क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘आभाष’मा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको दन्द्ध, सुरेन्द्र पौडेलको चलचित्रमा सम्पादन रहेको छ । चलचित्रमा गोविन्द शाही,पवन श्रेष्ठ र दिपक शाहीको लगानी रहेको छ ।

प्रतिक्रिया