Bisal Chautari Logo

अमिर आफ्नो छोरा अजादलाई घुमाउन व्यास्त (फोटो फिचर सहित)

- २६ कार्तिक २०७०, मंगलवार १५:१७ मा प्रकाशित


हरेक कलाकारहरुले आफ्नो बिबाहलाई तोड्ने परम्परा भएपनि उनिहरुका लागि सन्तान सबैभन्दा प्यारो हुन्छ । त्यहि कारण कलाकारहरु आफ्नो बच्चासंग बाहिर घुम्नफिर्न निस्किदा ठुलै समाचार बन्ने गरेको छ । कलाकारको क्रेजसंगै उनिहरुबाट जन्मिएको बच्चालाई हेर्न धेरै दर्शक इच्छुक हुन्छन् । न्युज फोटोग्राफरहरुपनि यस्तै किसिमका फोटोहरु खिच्न हरेक माहोलमा अगाडि हुन्छन् ।
यस्तै क्रममा अभिनेता अमिर खान आफ्नो क्वुट छोरा अजाद राव खानसंग मुम्वाईमा देखिएका छन् । अभिनेता अमिरले आफ्नो छोरालाई पिठ्युमा बोकेर घुम्न निस्किएका थिए । हल्का निलो रङको जिन्स पाईन्ट, कालो ज्याकेट र कालै टोपि पहिरिएका निस्किएका अमिरले आफ्नो छोरालाई हल्का निलो कलरको टिर्सट र हल्का खैरो रङको पाईन्टमा ल्याएका थिए । बाउ छोराको प्रेममय माहोलमा सबै मानिसहरुको आखा बाउ–छोरामा परेको थियो । अमिरका छोरा अजाद डिसेम्वरमा २ वर्षका हुन्छन् । –एजेन्सि 

प्रतिक्रिया